Websoft University

www.radiomakalu.com || 021-522512


के हो अल्ट्रासाउण्ड ?




अल्ट्रासाउण्ड स्क्यानिङलाई सानोग्राफी पनि भनिन्छ । यसको प्रयोग शरीरको भित्री भागको परीक्षणकालागि गरिन्छ । शरीरको भित्री भागको स्क्यानिङकालागि यसमा बिशेष प्रकारको ध्वनिको प्रयोग गरिएको हुन्छ, जसलाई मानिसले सुन्न सक्दैन । यसलाई भिडियो एक्सरे पनि भनिन्छ । शरीरमा ध्वनि प्रवेश भएपछि केही तरंग स्क्यानिङ गर्नुपर्ने अंगमा ठोक्किएर फर्किएर आउँछ । फर्केर आउने ध्वनिलाई अल्ट्रासाउण्ड मेसीनद्वारा मापन गरिन्छ । यो ध्वनिले शरीरको अंगको विशेष भागलाई चित्रमा रुपान्तरित गर्छ । यही नै अल्ट्रासाउण्डको चित्र हो । अल्ट्रासाउण्डले नरम र तरल पदार्थले भरिएको अंगको चित्र राम्रो बनाउछ । यो सुरक्षित र दुखाई नहुने परीक्षण हो । सामान्यतयाः अल्ट्रासको प्रयोग गर्भावस्थामा भ्रुणको जानकारी तथा मूल्याङ्कनकालागि गरिन्छ । यसका साथै यसको प्रयोग पित्त, पत्थरी, लिभर, मिर्गौला, मुत्रथैली, प्रोष्टेट, प्याङक्रियाज, ओभरीमा भएको कुनै पनि अंगमा गर्न सकिन्छ । कतिपय अवस्थामा अल्ट्रासाउण्ड गर्दा खाना तथा पानीसमेत नखाई गर्नु पर्ने हुन्छ भने कुनैकुनैमा खाना खाएर पनि गर्न सकिन्छ । पानी मात्र खाएर अल्ट्रासाउण्ड गर्दा पिसाब थैली, प्याङक्रियाजको चित्र राम्रो देखिन्छ । तथा खाना नखाएर पित्तथैलीको अल्ट्रासाउण्ड गरिन्छ । अल्ट्रासाउण्ड पेटको मात्र नभई थाइराइड ग्रन्थी, नशा परीक्षण, स्कोडम, नेक, बच्चामा पनि गरिन्छ । अल्ट्रासाउण्ड भनेको एक्सरे होइन, यसमा रेडियसन हुँदैन । खाना खाएर गर्भावस्थामा अल्ट्रासाउण्ड गर्न सकिन्छ ।

-डा. विकाश अधिकारी , स्वास्थ्य खबर पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget