Websoft University

www.radiomakalu.com || 021-522512


धौलागिरि आधार शिविर पुगेका पर्यटक सम्पर्कविहीन

म्याग्दी, जेष्ठ २२ गते धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्पर्ककविहीन भएका छन् ।



म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् ।

चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् ।

ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए ।

मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् । रासस 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget