Websoft University

www.radiomakalu.com || 021-522512


हिन्दू जागरण अभियान

ईनरुवा , जेष्ठ २२ गते  ।  हिजो ईनरुवामा हिन्दू जागरण मञ्चद्वारा हिन्दू जागरण अभियान कार्यक्रम साधु सन्त र उल्लेखिय संख्यामा सहभागीहरुकाबीच आयोजना गरी सम्पन्न गरेको छ ।



 सो कार्यक्रममा उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल सनातन हिन्दू राष्ट्र रहिआएकोले राप्रपा नेपालले यो मुलुकलाई हिन्दू राष्ट्र को रुपमा स्थापित गराई छाडने बताउनु भयो ।

 त्यसैगरि राप्रपा नेपालका सहमहामन्त्री प्रहलाद प्रसाद साहले आउँदो स्थानिय निर्वाचनकालागि पार्टिलाई संगठित गर्दै भारी बहुमतकासाथ अत्यधिक सिटमा विजयी बनाई पार्टिलाई पहिलो स्थान दिलाउने बताउनु भयो ।
भुमिसुधार मन्त्री कुमार सुब्बाले राप्रपा नेपालले सधैं जनताको मन जितेर काम गर्ने बताउनु भयो । सो कार्यक्रममा केदार कोइराला, दिनेश साह, गोपाल कोइराला लगायतका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।



 सो कार्यक्रमको आयोजना राप्रपा नेपालका सुनसरी जिल्ला अध्यक्ष प्रेम भट्टराईले गर्नुभएको थियो ।




अनुज सापकोटा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget