Websoft University

www.radiomakalu.com || 021-522512


यार्सा संकलन गर्ने क्षेत्रमा गोली चल्यो, एकको मृत्यु


मुगु, असार २ गते । सिमा मुगु गाविसको यार्सा टिप्ने पाटन क्षेत्रमा अन्धाधुन्दा गोली चल्दा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।

बुधबार राति ठूलो कोइकी भन्दा उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित अवैध रुपमा यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा माग्री गाविस-५ का अन्दाजी ३० वर्षीय कार्मा अंग्याल लामाको मृत्यु भएको हो ।

यार्सा क्षेत्रमा गोली चलेर एक जनाको मृत्यु भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट यार्सा क्षेत्रमा सुरक्षाको निम्ति खटिएको सशस्त्र प्रहरी घटनास्थलमा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी गराए ।

ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाको निम्ति सशस्त्रले बेस क्याप खडा गरेको भएपनि यार्सा लुट्ने व्यक्तिले उच्च पाटन क्षेत्रबाटै प्रवेश गरि गोली चलाएको पाइएको प्रजिअ शर्माले बताए ।

सञ्चारको कठिनाइले गर्दा थप विवरण प्राप्त नभएको शर्माको भनाइ छ । पाटन क्षेत्रमा यार्सा संकलकको सुरक्षाको निम्ति ४६ जना सशस्त्र सहित जिल्लाबाट १ सय २६ जना सुरक्षाकर्मी खटाइएको थियो ।




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget