Websoft University

www.radiomakalu.com || 021-522512




काठमाडौं, असार १२ गते  । सरकारले निजगढ-हेटौडा-भरतपुर रेल्वे लाइन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।


मेची-महाकाली विद्युतीय रेल्वे लाइन अन्तरगत निजगढ-हेटौडा-भरतपुरको वातावरणीय प्रभाव मूल्यांकन (इआए) को काम अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल्वे विभागले काम अघि बढाएको छ । उक्त रेल्वे खण्डका लागि सरकारले सम्भाव्यता अध्ययनको काम सम्पन्न गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन गरि स्वीकृत प्राप्त भएमा रेल्वे निर्माणका लागि टेण्डरको प्रक्रिया शुरु भएर काम अघि बढ्नेछ ।

हरेक आयोजना निर्माण अघि उक्त आयोजना सञ्चालन गर्दा त्यहाँको वातावरणमा पार्ने प्रभाव, जैवीक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा पर्ने प्रभावबारे अध्ययन गरिन्छ । त्यसैका आधारमा आयोजना अघि बढाइन्छ ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget