Websoft University

www.radiomakalu.com || 021-522512


गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी पत्रमा हस्ताक्षर

 काठमाडौं, असार ११ गते । । वैदेशिक रोजगारमा रहेका कामदारले आर्जन गरेको रकम सञ्चय गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सम्बन्धमा गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी भएको छ ।

कोषका मुख्य प्रशासक कृष्ण आचार्य र संघका अध्यक्ष शेष घलेले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरे ।

यो समझदारीले बैदेशिक रोजगारीमा गएका लाखौं नेपाली कामदारले आर्जन गरेको रेमिट्यान्स सञ्चय कोष मातहत एउटा बेग्लै कोष खडा गरी संकलन गर्न र त्यसलाई नेपालको उत्पादनमूलक क्षेत्रमा लगाउन बाटो खुला गरेको छ ।

सो अबसरमा अध्यक्ष घलेले यो समझदारीलाई ऐतिहासिक एवं महत्वपूर्ण कार्य भएको टिप्पणी गरे । यससम्बन्धी ऐन संसदबाट पारित भएपछि समझदारीपत्रमा उल्लेख भएका प्राबधानलाई प्रभावकारीरुपमा कार्यन्वयन गर्न सजिलो हुने उनले बताए ।

कर्मचारी सञ्चय कोष र संघ मिलेर यो नविनतम् सोंचको सुरुवात गरेको भन्दै बिदेशमा आर्जन गरेको सानोसानो रकम नेपालको आर्थिक सम्बृद्धिका लागि लगानी गर्न यो एउटा महत्वपूर्ण खुडकिला हुने बताए । अग्रसरताका लागि उनले कर्मचारी सञ्चय कोष र प्रशासक आचार्यलाई धन्यबाद दिए ।

यसको कार्यन्वयनका लागि एनआरएनए निकै उत्साहित रहेको भन्दै उनले आफ्नो लक्ष्य बिदेशमा नेपाली दाजुभाईले आर्जन गरेको रकम सुरक्षित गरी उनीहरुलाई उच्च प्रतिफल दिनु रहेको बताए ।

घलेले यस अवधारणलाई कार्यानव्यन गर्नका लागि कर्मचारी संचय कोषले समिति गठन गरेर कार्य संचालन गरेकोमा प्रशासक लगायत समितिका सदस्यहरु प्रति तथा यस सम्झौतापत्रलाई यस अन्तिम रुप दिन लागिपरेका कोष तथा संघका पधाधिकारीहरु, हजारे अभियान कार्यदलका सदस्यहरुलाई पनि धन्यवाद दिए ।

यसैगरी कर्मचारी सञ्चय कोषका प्रशासक आचार्यले समझदारीलाई ऐतिहासिक भएको उल्लेख गर्दै गैरआवासीय नेपाली संघसँग समन्वय र सहकार्य गरी यो परियोजनालाई नतिजामूलक बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।

उनले वैदेशिक रोजागारमा गएका कामदारहरुको बचतलाई सामाजिक रुपमा कसरी परिचालन गर्न सकिन्छ भन्ने बारेमा गहन अध्ययन गरेर विस्तृत कार्ययोजना बनाइने तथा बचतकर्तालाई आर्कषिर्त गर्न बिभिन्न सेवा र सुविधाको विकाश गरिने बताए ।
गैरआवासीय नेपाली संघको सातौं अधिवेशनमार्फत् अगाडी आएको हजारे अभियानको उदेश्यसँग मेल खान गएकाले पनि यसको कार्यन्वयनका लागि एनआरएनए सही साझेदार भएको उले बताए ।

अाचार्यले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले स्वयम् उपस्थित भएर यस अभियानलाई सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गरे ।

कार्यक्रममा कर्मचारी सञ्चयकोषका का.मु मुख्य अधिकृत राजेन्द्र काफ्लेले सहभागीहरुलाई स्वागत गर्दे समझदारी पत्रमा भएका विषयहरु पढेर सुनाएका थिए ।

कार्यक्रममा संघका तर्फबाट अध्यक्ष शेष घले, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, युवा उपसंयोजक लोकराज शर्मा, सल्लाहकार नवराज गुरुङ, वैदेशिक रोजगार कल्याणकारी कोष कार्यदलका उपसभापति श्याम तामाङ, अमेरीकाका एनआरएनद्वय छोङ कर्मा शेर्पा र शिशिर भट्ट, हजारे अभियान कार्यदलका सदस्य दामोदर नेपाल, सचिवालयका कार्यकारी निर्देशक र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget