Websoft University

www.radiomakalu.com || 021-522512


८० लाखभन्दा कम मूल्यको हवाईजहाज


घरकै ग्यारेजमा पार्क गर्न सकिने



अहिलेको समयमा पनि कहिल्यै हवाई यात्रा नगरेका मानिस हामीमाझ धेरै भेटिन्छन् । अधिकांशको मनमा एकपटक हवाई यात्रा गर्ने इच्छा गुम्सेर बसेको हुन्छ । तर, आर्थिकलगायत विभिन्न कारणले हवाई यात्राको अनुभव गर्नबाट उनीहरू वञ्चित रहेका छन् । यस्तोमा निजी हवाईजहाजको कुरा त झन् सपना नै लाग्न सक्छ । तर, अब निजी हवाईजहाज सपनाको कुरा रहेन । किनभने, विभिन्न कम्पनीले कारझैं निजी प्रयोजनमा प्रयोग गर्न सकिने हवाई जहाजको निर्माण गरिरहेका छन् । टेराफुजिया कम्पनीले निर्माण गरेको ‘फ्लाइङ कार’ र इह्याङ्गको मानिस चढ्न मिल्ने ड्रोन यसैका नमूना हुन् । यी उपकरण विकसित भई प्रदर्शनसमेत गरिएको छ । अहिले यी उपकरण उडानका लागि स्थानीय सरकारको अनुमति, सुरक्षा परीक्षणलगायत चरणमा छ ।
निजी हवाईजहाजको बारेमा सोच्दा सबैभन्दा पहिले कम्प्याक्ट एयरक्राफ्ट नै अधिकांशको दिमागमा आउने गर्छ । यसको प्रयोगले सजिलै छरिटो समयमा एक शहरबाट अर्को शहर पुग्न सकिन्छ । साथै, यसलाई पार्क गर्न धेरै ठूलो स्थानको आवश्यकता पनि पर्दैन । तर, अधिकांशका लागि यो कुरा अहिलेसम्म पनि चलचित्रको कुनै दृश्यमै सीमित छ । महँगो मूल्यका कारण यस्ता विमान मानिसले किन्ने सोचसम्म पनि हतपत्त बनाउँदैनन् ।
तर, अब भने अधिकांशको मनको इच्छाका रूपमा सीमित यो सोच पूरा हुने सम्भावना प्रबल हुँदै गएको छ । नेपालमै पनि ३ देखि ४ करोड वा बढी मूल्य पर्ने सवारीसाधन खरीद गर्ने मानिस धेरै छन् । यसर्थमा नेपालमै पनि अनुमति पाएमा धेरैले निजी विमान खरीद गर्ने प्रबल सम्भावना देखिन्छ । वास्तवमा ई–गो एयरोप्लेन्सले आफ्नो पहिलो एयरक्राफ्टको उत्पादन शुरू गरेको छ । कम्पनीद्वारा निर्मित यसको पहिलो नमूना विक्रीका लागि तयार भइसकेको जानकारी दिइएको छ । लाइट कार्बन फाइबरद्वारा निर्मित यो ई–गो एयरक्राफ्टमा कम्प्याक्ट वाङ्कल रोटरी इञ्जिन जडान गरिएको छ । कम्पनीद्वारा निर्मित यो विमानलाई सजिलै ग्यारेजमा पार्कसमेत गर्न सकिन्छ ।
सन् २००७ मा लाइट एयरक्राफ्ट एशोसिएशनद्वारा आयोजित प्रतियोगितामा यो विमानको विकास भएको हो । यसको निर्माणको चरणमै कम लगानीमा उडान गर्न सम्भव बनाउने सोच राखिएको थियो ।
विमानसम्बन्धी केही जानकारी
- ई–गो एयरक्राफ्टमा ३० हर्सपावरको वाङ्कल रोटरी इञ्जिन जडान गरिएको छ ।
- यो विमानमा २ सय ७० किलोग्राम वजनसहित उडान गर्ने क्षमता छ ।
- उडान गर्न ३० मिटर लम्बाइको जमीन भए पुग्छ ।
- ई–गो विमानको माध्यमबाट ५ सय ३१ किलोमिटर प्रतिघण्टाको र ९० नट्सको गतिको आनन्द लिन सकिन्छ ।
- पारम्परिक विमानभन्दा करीब १० गुणा सस्तो छ । यसबाट १ घण्टाको उडान गर्न करीब रू. २ हजार ५ सय खर्च लाग्ने बताइएको छ ।
- ३ दशमलव ६ लिटरमा झण्डै १ सय ६७ किलोमिटर प्रतिघण्टा गतिमा १ सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
आन्तरिक सजावट
ई–गोको आन्तरिक सजावटका दृष्टिले हेर्दा यसमा रहेको सीट विमानसँग एटेच (जडान) गरिएको छ । तर, यसमा रहेका पेडललाई आवश्यकताअनुसार अगाडि वा पछाडि समायोजन गर्ने सुविधा उपलब्ध छ । विमान चलाउने चालकको उचाइ ६ दशमलव ३ फिटसम्म र वजन अधिकतम १ सय १० किलोग्राम हुनु आवश्यक छ । साथै, विमानमा १५ किलोसम्मको लगेज (सामान) लैजान मिल्ने स्थानको बन्दोबस्तीसमेत गरिएको छ । ई–गोमा विमान सम्बन्धित अत्यावश्यक जानकारी राख्न तथा लिनका लागि ठूलो डिस्प्ले दिइएको छ । यसको माध्यमबाट इञ्जिन सम्बन्धित जानकारी, जाँचसूची तथा नेभिगेशनलगायत कार्य गर्न सकिन्छ ।
मूल्य
ई–गो एयरक्राफ्टको शुरुआती मूल्य ५० हजार यूरो तोकिएको छ । यो नेपाली रू. करीब ७६ लाख हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget