Websoft University

www.radiomakalu.com || 021-522512


किसानलाई धानको बीउ

बिराटनगर, असार २ गते। जिल्ला कृषि विकास कार्यालय, मोरंग ले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो ।



एक किसानलाई पाँच किलोका दरले जिल्लामा तीन हजार ४०० किलो धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो ।

मोरङका उर्लाबारी, बेलबारी, बाहुनी, रङ्गेली, कटहरी, झोराहाट र टङ्किसिनबारी कृषि सेवा केन्द्र तथा विराटनगरस्थित कृषि कार्यालयबाट बीउ वितरण गरिएको हो ।

कृषि प्रसार अधिकृत मण्डलका अनुसार किसानलाई स्वर्णा सब १ र सम्बा मन्सुली सब १, सुख्खा १, २ र ३ जातका धानका बीउ वितरण गरिएको हो । यी धानका बीउ सुख्खा तथा खडेरी र डुबान सहन सक्ने जातको रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget