कर्ण चन्द
हिसाबले म सानो थिएँ । त्यो समय माओवादी द्वन्द्व चर्किएको थियो । कम्मरमा खुकुरी भिरेका प्रस्ट नेपाली बोल्ने माओवादी कार्यकर्ता जता देख्यो त्यतै हुइँकिन्थ्यौँ हामी ।
स्कुले भुराहरूबीचमा म पनि दौडिएको सम्झना ताजै छ । त्यो बेला ४५ वर्षवरिपरिको अधबैँसे मान्छे, कम्मरमा खुकुरी बोकेको, हातमा ग्रिनेड, उचाइ ५ फिटमाथि थिएन, मोटो बोलीमा त्यस्तै दम थियो ।
म पनि राजनीतिक कुरामा उहिलेदेखि चासो राख्थेँ । त्यो बेला मेरो गाउँमा आएका ती कामरेड माओवादीअन्तर्गत एक मोर्चाका इन्चार्ज थिए जस्तो लाग्छ । उनको नेतृत्वमा करिब ४५÷५० जना माओवादी कार्यकर्ता थिए । ती कामरेडले मेरो गाउँमा पीपल चौतारोनजिकैको पसलमा चिया पिउँदै भाषण दिएको आज पनि बिर्सेको छैन । उनी भन्थे,
‘हेर्नुहोस् हामी क्रान्ति गर्नका लागि जन्मेका हौँ । यो देशलाई साम्यवादमा ल्याएरै छाडछौँ । मलाई मर्न कत्ति पनि डर छैन । यो देशको मुक्ति माओवादीबाट मात्रै सम्भव छ ।’ उनी दृढतासाथ कुरा गर्थे, अन्य मान्छेलाई आकर्षण गर्न सक्थे । उनको भाषण सुन्नलाई जोकोही मरिहत्ते गर्थेे ।
म सानो छँदा ती कामरेडको भाषण सुन्दा निकै बौद्धिक लाग्थ्यो । तर, कामरेडको हालको भाषण सुन्दा खासै सुरताल मिलाउन सकेनन्, विषय वा प्रसंगबाहिरको कुरा धेरै गरे भन्दा उपयुक्त होला । बोलीबाट पनि गोली निस्कन्छ कि भनेजसरी बोल्ने ती कामरेडको बोलीमा केही दम नभएको देखेपछि त्यस्तो प्रखर मान्छे यस्तो कसरी भए होलान् भन्ने लाग्यो ।
युद्धक्रममा भेटिएका धेरै कामरेड माक्र्स, स्टालिन, माओ, लेनिनका नाम लिन्थे । सबैभन्दा बढी प्रचण्डपथकै चर्चा गर्थे । गाउँमा कहिलेकाहीँ तत्कालीन शाही नेपाली सेना पनि पुग्थ्यो । तत्कालीन सरकारी सेना र माओवादीलाई दाँज्दा लाग्थ्यो– माओवादी नै राम्रा हुन् । मेरो कच्चा दिमागमा सरकार भनेकै आमा, दिदीबहिनी छोएर गाली गर्ने, कुट्ने, पिट्ने, जेल हाल्ने अर्थात् भनौँ अराजकता गर्ने जनतालाई दुःख दिने भनेकै सरकार हो भन्ने लाग्थ्यो ।
युद्धका बेला मेरो गाउँमा भेटिएका कामरेडसँग धेरै समयपछि केही दिनपहिले भेट भयो । हुन त करिब १३ वर्षबीचमा देशमा शान्ति आयो, दुईपटक संविधानसभा निर्वाचन भयो, एक माओवादी ६ चिरासम्म बन्न पुग्यो । भारतले नाकाबन्दी लगायो । धेरै घटना परिघटना भए । यत्तिका घटनापछि उनै कामरेडसँग एक कार्यक्रममा भेट भयो ।
मैले भेटेका ती कामरेड हिजोआज विप्लव नेतृत्वको माओवादीमा रहेछन् । एक कार्यक्रममा परिचय गर्नेक्रममा उनले म ……. हो । नेत्रविक्रम चन्दको पार्टीमा छु भनेर परिचय सकेर बस्नै लाग्दा भने– कुन माओवादी भन्नु ? धेरै माओवादी भए । माओवादी जनयुद्धले देशलाई साम्यवादसम्म पु¥याउँछौँ भन्दै गाउँका जनतालाई प्रशिक्षण दिने कामरेड अहिले आफ्नै पार्टीको परिचय दिँदा व्यक्तिको नाम जोडेर चिनाउनुपर्दा बडो नमज्जा लागेको अनुहारबाट प्रस्टै चिनिन्थ्यो । सायद विप्लवले अझै क्रान्ति गर्छु भनेका कारण उमेर ढल्कँदै गएका बूढा कामरेड त्यसैतर्फ लागेका हुन् ।

एक युद्धसिपाहीको बोली भुत्ते हुँदा, माओवादी भन्दै परिचय दिनुपर्दा लजाउनुपर्ने अवस्था आउँदा, देश बदल्छौँ भनेर लागेका कामरेडहरू आफैँ बदलिएको तर जीवनशैली नबदलिएको देख्दा युद्ध हारेको सिपाहीजस्तो देखिएको कामरेडसँग धेरै बोल्नुभन्दा पनि मन औधी कुरा खेल्न थाले ।
बुझ्दै जाँदा कामरेडको निजी जीवन एकदमै साधारण रहेछ । उनी हिजोआज जीविकोपार्जनका लागि कृषिमा संलग्न छन् । अभाव, दबाब र तनावको जिन्दगी भोग्नुमा उहाँमा समस्या नहोलान् भन्न सकिन्न तर त्यसो हुनुमा जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड, बाबुराम, वैद्य, विप्लव सबैको ती कामरेडको जीवनमा सेयर छ ।
(लेखक, क्रान्तिकारी पत्रकार संघ डोटी सचिव हुन् ।)

Post a Comment