Websoft University

www.radiomakalu.com || 021-522512


ह्वाट्सएपमा हरेक सेकेण्ड ११ सय कल


के तपाइँलाई थाहा छ, ह्वाट्सएपमा हरेक दिन १० करोडवटा कल गरिन्छन् । यसको मतलब ह्वाट्सएपबाट हरेक सेकेण्डमा प्रयोगकर्ताले झण्डै ११ सय पटक कल गर्दछन् ।

प्रयोगकर्तामाझमा इन्स्ट्यान्ट मेसेजिंगका लागि लोकप्रिय ह्वाट्सएपको कलिंग सेवा समेत यतिधेरै लोकप्रिय रहेको देखिनु आश्चर्यजनक भएको बताइएको छ ।

ह्वाट्सएप डेभलपरहरुका अनुसार मानिसहरुले यसको कलिंग फिचरलाई निकै मन पराएकोमा उनीहरु निकै खुसी छन् र यो फिचरलाई अझै उत्कृष्ट बनाउन कोसिस गर्नेछन् ।

एक रिपोर्ट अनुसार ब्राजिलमा ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा ह्वाट्सएप इन्स्टल गरेका छन् भने भारतमा ९५ प्रतिशतले । विश्वमा १ अर्ब भन्दा बढि मानिसले ह्वाट्सएप प्रयोग गर्ने गरेका छन् ।

सन् २००९ मा ब्राइन एक्टन र जोन कमले ह्वाट्सएप सुरु गरेका हुन् । सन् २०१४ मा १९ अर्ब ३० करोड डलरमा फेसबुकले ह्वाट्सएप खरीद गरेको थियो । सुरुमा सशुल्क रहेको ह्वाट्सएप गत वर्षदेखि निशुल्क बनाइएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget