जस अनुसार कैलाली, बाँंके, कपिलवस्तु, रुपन्देही, स्याङ्जा, तनहुँं, काभ्रे, महोत्तरी जिल्लामा सहकाय प्रजिअको भूमिकामा काम गरेका उपसचिवहरुलाई क्रमश डडेल्धुरा, मनाङ, कालिकोट, तेह्रथुम, प्युठान, वैतडी, अछाम, भोजपुर र पाँंचथरको प्रजिअ बनाएर पठाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा रहेका उपसचिव प्रकाशचन्द्र अधिकारीलाई रामेछापको प्रजिअ र गृह मन्त्रालयका शम्भुप्रसाद मरासैनीलाई पर्वतको प्रजिअ बनाएर मन्त्रालयले सरुवा गरेको छ।
गृहमै रहेका तीन जना उपसचिव सुनिल खनाल, चेतराज बराल र खुमकान्त अचार्यलाई क्रमश बझाङ, डोल्पा र संखुवासभाको प्रजिअ बनाएर पठाएको छ ।
गृह प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार मन्त्रालयले १२ जना उपसचिव रहने जिल्लाका प्रजिअलाई सचिव प्रजिअ रहने जिल्लामा सरुवा गरेको छ ।
जसअनुसार डडेल्धुरा, संखुवासभा, मनाङ, अछाम तेह्रथुम, प्युठान, वैतडी, रामेछाप, कालिकोट भोजपुर मुगु, पाँंचथर, बझाङ, डोल्पाका प्रजिअलाई क्रमश रुपन्देही, काठमाडौं, काभ्रे, धादिङ, मोरङ, बाँके, बारा, रुपन्देही, सिरहा, कैलाली र दाङमा सरुवा गरेको छ ।
मन्त्रालयले गृहमै उपसचिवको दरबन्दीमा काम गरेका लक्ष्मीदेवी होमागाँंई, शंकरबहादुर विष्ट, शिशिर पौडेल, गुरुदत्त ढकाल, ललित बहादुर बस्नेत, कृष्ण प्रसाद आचार्यलाई क्रमश भक्तपुर, डोटी, तनहुँ, कास्की, काठमाडौं र ललितपुरमा पठाएको छ ।
Post a Comment