Websoft University

www.radiomakalu.com || 021-522512


इङ्ल्यान्डलाई बराबरी नै पर्याप्त


पेरिसः युरोकप फुटबल प्रतियोगिताको समूहगत चरणको आआफ्नो अन्तिम खेलमा मंगलबार बिहान वेल्सले रुसको र इङ्ल्यान्डले स्लोभाकियाको सामना गर्दैछन् ।

यो भिडन्तले बेलायतका दुई राष्ट्र इङ्ल्यान्ड र वेल्सको नकआउट चरणको यात्राको टुंगो लगाउनेछ । युरोकपमा वेल्सको यो पहिलो सहभागिता हो । समूह ‘बी' अन्तर्गतको यो भिडन्तमा स्लोभाकियासँग बराबरी खेले पनि इङ्ल्यान्ड नकआउट चरण पुग्नेछ ।

बेलायतकै अर्को राष्ट्र वेल्स पनि बराबरीको नतिजामा अगाडि बढ्न सक्ने सम्भावना छ । समूहमा दुई खेलपछि इङ्ल्यान्डको चार, वेल्सको तीन, स्लोभाकियाको तीन र रुसको एक अंक रहेको छ । 

इङ्ल्यान्डले पहिलो खेलमा रुससँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा इन्जुरी समयमा निर्णायक गोल गर्दै वेल्सलाई २–१ गोलले पराजित गरेको थियो । वेल्सले भने पहिलो खेलमा स्लोभाकियालाई २–१ गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा रुसलाई २–१ गोलले पराजित गर्दै स्लोभाकियाले अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । आफ्नो अन्तिम खेल बाँकी छँदा यो समूहबाट चारवटै टोलीको अगाडि बढ्न सक्ने सम्भावना छ । रुसले वेल्सलाई हराउन सके उसको पनि सम्भावना छ । यसैगरी इङ्ल्यान्डसँग बराबरीको नतिजामा पनि स्लोभाकियाको अगाडि बढ्ने सम्भावना रहन्छ ।

प्रतियोगिताको नियमअनुसार ६ वटै समूहबाट तेस्रो स्थानमा आउने उत्कृष्ट चारवटा टोली पनि नकआउट चरणमा पुग्ने भएकाले यी टोलीको सम्भावना रहेको हो । 

दुई खेलको समाप्तिपछि उत्कृष्ट चार तेस्रो टोलीमा तीन अंक भएको उत्तरी आयरल्यान्ड, तीन अंक भएको स्लोभाकिया, दुई अंक भएको पोर्चुगल र एक अंक भएको चेक गणतन्त्र छन् । बाँकी दुई तेस्रो टोलीमा रोमानिया र स्विडेनको एकएक अंक छ । तर तेस्रो हुने उत्कृष्ट चार टोलीको टुंगो भने समूहगत चरणको खेलको समाप्तिपछि मात्र लाग्नेछ ।

रुस र वेल्सबीच अन्तर्राष्ट्रिय फुटबलमा चार पटक प्रतिस्पर्धा भएको छ, जसमा वेल्सले जित हात पार्न सकेको छैन । रुसले तीन जित र एक बराबरीको नतिजा निकालेको हो । अन्तिम पटक यी दुई टोलीबीच स्न २००९ मा प्रतिस्पर्धा भएको थियो, जसमा रुस ३–१ गोलले विजयी भएको थियो ।

वेल्सविरुद्धका पछिल्ला तीन भिडन्तमा रुस लगातार विजयी भएको छ । सन् २००८ को संस्करणमा सेमिफाइनलसम्म पुगेको रुसलाई अगाडि बढ्न वेल्सविरुद्ध अनिवार्य जित आवश्यक छ । स्लोभाकियाले आफ्नो अन्तिम खेलमा इङ्ल्यान्डजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भएकाले वेल्सलाई प्रिक्वाटरफाइनलमा स्थान बनाउन बराबरीको नतिजा नै पर्याप्त हुन सक्छ ।

जारी प्रतियोगिता वेल्सले स्लोभाकिया र इङ्ल्यान्ड दुवै टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीका स्टार स्ट्राइकर गारेथ बेल उच्च लयमा छन् । उनले दुवै खेलमा गोल गरेका थिए ।

वेल्स र रुस भिडिरहेकै समयमा इङ्ल्यान्ड र रोमानियाबीच पनि खेल हुनेछ । इङ्ल्यान्डलाई हराउन सके रोमानिया पनि अगाडि बढ्नेछ र बराबरीको स्थितिमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।

रोमानिया यो प्रतियोगितामा यसअघि एकपटक मात्र नकआउट चरण पुगेको थियो, सन् २००० मा । अन्तर्राष्ट्रिय फुटबलमा इङ्ल्यान्ड र स्लोभाकियाबीच हालसम्म तीन पटक प्रतिस्पर्धा भएको छ र ती तीनवटै प्रतिस्पर्धामा इङ्ल्यान्ड विजयी भएको थियो । अन्तिम पटक यी दुई टोली सन् २००९ मा भिडेका थिए, जसमा इङ्ल्यान्ड ४–० गोलले विजयी भएको थियो । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget