असार ५ गते । कप्तान क्रिष्टियानो रोनाल्डोले दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि पोर्चुगल युरोकपको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको छ ।
शनिबार राति पेरिसमा भएको खेलमा पोर्चुगल अस्ट्रियासँग गोल रहित बराबरीमा रोकिएको हो । अस्ट्रियाका डिफेन्डरले पेनाल्टी एरियामा रोनाल्डोलाई लडाएका थिए । त्यसपछि पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्नबाट चुके । रोनाल्डोको प्रहार बारमा लागेर फर्कियो । समूहका दुई खेलमा पोर्चुगलले जित निकाल्न सकेको छैन । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगलका लागि अब हंगेरीसँगको अन्तिम खेल गर या मरको हुनेछ । बलमा नियन्त्रण पोर्चुगलले धेरै गरेको भएपनि गोल गर्न भने सकेन । पेनाल्टीमा चुकेका रोनाल्डोले त्यसपछि हेड मार्फत गरेको प्रहार अफसाइड भएको थियो । पोर्चुगल समूहको खेल खेल मात्रै बाँकी हुँदा पहिलो जितको खोजीमा छ । यस्तै पहिलो हाफमा रोनाल्डोले गरेको प्रहार अस्ट्रियाका गोलरक्षक रोबर्ट अलमेरले जोगाएका थिए । यस्तै नानीको प्रहार पनि अलमेरले जोगाएका थिए । सन् १९९५ पछि पहिलो पटक भएको अस्ट्रियासँगको खेलमा दबाब कायम गरेपछि पोर्चुगलले जित भने निकाल्न सकेन । समूह एफमा रहेको चार टिमको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ । चार अंकका साथ शीर्ष स्थानमा रहेको हंगेरीको सम्भावना बलियो छ भने पोर्चुगल र आइसल्याण्डको समान दुई अंक छ । यस्तै अस्ट्रियाको एक अंक छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.