Websoft University

www.radiomakalu.com || 021-522512


भारत-अमेरिका एमालेविरुद्ध देखिए : ओली

काठमाडौँ, जेष्ठ २३ गते ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन्।



उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। 'अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन्। यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ।



यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ। बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए। बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए। उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए। उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए। उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए।

माओवादी केन्द्रसँगको वार्तामा सहभागी उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष भीम रावलले पनि यस विषयमा ओलीको बचाउ गरेका थिए। 'तीनबुँदेका कुरा पनि छलफलमा आएको हो, माओवादीबाट बजेट पास गर्ने सर्तमा त्यसपछि सरकारको नेतृत्व लिने भन्ने विषयमा छलफल पनि भएको हो। तर प्रधानमन्त्रीले आफूले कुनै सर्त नमान्ने बरु अहिले नै छोड्छु भनेर अस्वीकार गर्नु भएको हो,' रावललाई उद्धृत गर्दै स्रोतले भन्यो।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बजेट पारित भएपछि केही सहमति भएको हो कि भन्ने लागेर भद्र सहमतिबारे बाहिर यस्तो टिप्पणी भएको बताएका थिए। अर्का नेता माधव नेपालले आफूले बोलेका कुरा तोडमोड गरेर प्रचार भएको र पार्टीमा पर्याप्त छलफल नभएकाले पनि केही असमझदारी हुन पुगेको बताएका थिए। बैठकले यस विषयमा अलग्गै एजेन्डा बनाएर आइतबार छलफल गर्ने भएको छ।

annapurnapost

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget