Websoft University

www.radiomakalu.com || 021-522512


कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने


काठमाडौं , असार ९ गते  । अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीले अघिल्लो संस्करणमा पनि फाइनल खेलेका थिए जसमा चिली विजयी भएको थियो ।
सिकागोस्थित सोल्जर फिल्डमा आज बिहान सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सीमित कोलम्बियामाथी २-० को जित निकाल्दै चिलीले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।
खेलको ११ मिनेटभित्रै चिलीले कोलम्बियामाथी २-० को अग्रता लिएको थियो । चिलीका लागि चार्ल्स अराङगुइज र जोसे फुएन्जालिदाले क्रमसः ७औं र ११औं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफ सकिएपछि खराव मौसमका कारण खेल केहिसमय स्थगित गरिएको थियो । भीषण बर्षासँगै चट्याङ परेपछि खेल स्थगित गरिएको हो ।
मौसममा सुधार आएपछि सुचारु ग्रिएको खेलको ५७औं मिनेटमा कोलम्बियाका कार्लोस सान्चेस दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । सुरुवातमै दुई गोलले पछि परेको कोलम्बियाले त्यसपछि खेलमा पुनरागमन गर्न सकेन ।
सेमिफाइनलमा पराजित भएपछि कोलम्बियाले तेस्रो स्थानको लागि आगामी आइतबानर हुने खेलमा घरेलु टोली अमेरिकाको सामना गर्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले घरेलु टोली अमेरिकालाई ४-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । १४ पटकको उपाधि बिजेता अर्जेन्टिनाले गत संस्करणको फाइनलमा पनि चिली प्रतिद्धन्दी पाएको थियो भने पेनाल्टी शुटआउटमा पराजित हुँदै उपाघि जित्न सकेको थिएन । यसपटक अर्जेन्टिनालाई बदला लिने अवसरसमेत आएको छ ।
१४ पटकको उपाधि बिजेता भएपछि अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । पछिल्ला दुई बर्षमा अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पराजित भएको थियो ।
अर्जेन्टिना र चिलीले आगामी सोमबार न्युजर्सीको मेटलाइफ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । दक्षिण अमेरिकाका मुलुकहरुबीच प्रतिस्पर्धा हुने कोपा अमेरिकाको आयोजनाको १०० बर्ष पुगेको अवसरमा पहिलो पटक प्रतियोगिता अमेरिकामा आयोजना गरिएको हो । - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget