Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङका पहिरो पिडितलाई राहत वितरण


ताप्लेजुंग, असार २ गते। दुई छोराछोरी गुमाएका ताप्लेजुङ नगरपालिका ८ निवासी पहिरो पिडित मनकुमार तामाङको परिवारलाई आज राहत प्रदान गरिएको छ । ताप्लेजुङ नगरपालिका ८ नै घर भई हाल हाल हङ्कङमा बसोबास गर्दै आएका सन्तोश विश्वास तामाङले पठाउनुभएको नगद १ लाख १५ हजार र जिल्ला विपद व्यवस्थापन समितिका तर्फ बाट ८५ हजार रुपैँया आज संयुक्त रुपमा प्रदान गरिएको हो ।

तामाङले व्यक्तिगत रुपमा पठाउनुएको सो रकम रिपोटर्स क्लव ताप्लेजुङ मार्फत जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मृतक बालबालिकाकी आमा सिता तामाङलाई प्रदान गर्नुभयो ।

जिल्ला अस्पतालमा उपचाररत तामाङलाई अस्पतालमै उक्त राहत प्रदान गरिएको हो । मंगलबार विहान करिव २ वजे घर माथी बाट ढिस्को झरेर घर पुर्दा ४ वर्षिया वालिका अंशु तामाङ ३ बर्षिय वालक अमृत तामाङको ज्यान गएको थियो भने आमा सिता घाइते हुनुभएको थियो ।

मृतक बालबालिकाका वुवा मनकुमार वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवियामा रहेका छन् । एक वर्ष अघि जेठ २७ गते जिल्लाको पश्चििमी क्षेत्रका लिवाङ, खोक्लिङ, थिङलावु, खाम्लुङ र सान्थाक्रामा पहिरो जादा ५९ जनाको मृत्यु भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget