Websoft University

www.radiomakalu.com || 021-522512


५८ जना ज्येष्ठ नगरिक सम्मानित

बिर्तामोड, जेष्ठ २३ गते । खप्तड वुढाथोकी क्षेत्री सेवा समाजले ८० वर्ष माथिका ५८ जना ज्येष्ठ नागरिकलाई आज आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।



कोटिहोमस्थित वुढाथोकी वन्धुहरुको आश्रममा समाजको दोस्रो साधारण सभाको अवसर पारेर १०४ वर्षीया वृद्धा लक्षीमा वुढाथोकी सहित ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । जसमा २६ जना महिला र ३८ जना पुरुष रहेका छन् ।


उनीहरुलाई कार्यक्रमाका प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष विकेन्द्रदीप वुढाथोकीले सम्मान गर्नुभएको थियो । सम्मानित सवैलाई दोसल्ला ओढाएर खानेकुराम प्रदान गर्दै टेक्ने लौरो समेत प्रदान गरिएको थियो । 


समाजका उपाध्यक्ष विष्णुवहादुर वुढाथोकीले स्वागत गरेको कार्यक्रममा मानवहादुर वुढाथोकीले आर्थिक प्रतिवेदन र औचित्यमाथि प्रकाश काजी वुढाथोकीले पार्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यत्तित्व जगतवहादुर वुढाथोकी , कुन्ती वुढाथोकी लगायतले बोल्नुभएको थियो कार्यक्रमको सञ्चालन इन्द्र वुढाथोकीले गर्नुभएको थियो । यसैवीच समाजको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएइको छ ।

purbelinews.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget