Websoft University

www.radiomakalu.com || 021-522512


बग्गीमा चढेर राजदूतहरु पुगे राष्ट्रपति भवन


काठमाडौँ, जेष्ठ २१ गते खाडी मुलुक युनाईटेड अरब इमिरेट्स (युएई) का पहिलो आवासिय राजदूत सैइद हमदान मोहम्मद अल नग्बी हेर्दा नर्भस जस्तो देखिए पनि हास्दै बग्गीमा बसे ।






 सायद उनको जीवनमा नै पहिलो फरक अनुभुति गर्न पाएको हुनाले उनी दंग त थिए नै तर त्यो भन्दा बढी त्यहाँ देखिएको तामझामले अलिक नर्भस देखिन्थे । उनी मन्द मुस्कराउँदै भनिरहेका थिए, 'हामीलाई दिएको यो सम्मान अविस्मरणीय छ । खुशी छु । यस्तो सम्मानले सम्वन्ध विस्तारमा हामीलाई नेपालले ऋणी बनाएको छ ।'




उनको यो भनाईले दुईपक्षीय सम्वन्धमा सकारात्मक प्रभाव राख्ने निश्चित छ । सरकारले नेपाली पन झल्काउने र राजदूतलाई उच्च सम्मान दिन यस्तो तयारी गरेको हो । १५ बर्ष पछि पुनः पुरानै परम्परामा फर्किदै नयाँ अनुभूति दिन थालिएको हो । अलिक खर्चिलो भए पनि यसले मुलुकको साखलाई उचो राख्ने र यहाँको संस्कृतीलाई विस्तार गर्दै विश्वमा प्रचारको लागि सहज हुने धारणा परराष्ट्र अधिकारीको छ ।

युएईले तीन साता अघिमात्र नेपालमा दूतावास स्थापना गरेर नयाँ राजदूत पठाएको हो । पुरानो संस्कृती रहेकेा मुलुकहरुमा यो प्रकारको प्रचलन अझै छ । तर नेपालले भने यसलाई लत्याएको थियो । राजा महेन्द्रको पालामा आरम्भ भएको राजदूतको ओहोदाको प्रमाणपत्र बुझ्ने कार्य विभिन्न चरणमा परिमार्जन हुदै पछिल्लो समय निकै साधारण र सामान्य बनेको थियो । अलिकति ब्यवस्थित र समय सापेक्ष बनाउने क्रममा पुरानै प्रचलनलाई उपयुक्त ठहर गरिएको हो ।

युएईका राजदुतको नेपाल प्रतिको धारणामा थप परिवर्तनको भाव मुहारमा प्रष्ट झल्किन्थ्यो । उनीमात्र होइन लाजिम्पाट स्थित सांगि्रला होटलमा जम्मा भएका अन्य चार गैर आवासिय राजदूतलाई परराष्ट्रमन्त्रालयले त्यहाँबाट शितल निवास पुर्‍याउन बग्गीको ब्यवस्था गरेको थियो । बेहुला लैजानको लागि सिंगारिए झै झकिझकाउ बग्गिमा राखेर राजदूतलाई होटलबाट राष्ट्रपति भवनसम्म लगिएको थियो । वग्गिको दायाँ बाँया दुई/ दुई घोडाको सवार थियो । अगाडि मोटरबाकइक कार्गेड थियो । पछाडि राजदूतको लागि कार, त्यसपछि आकस्मिकको लागि भन्दै परराष्ट्रमन्त्रालयको कारको लस्कर देख्दै भब्य थियो । जुन हेर्न सडकमा हिडिरहेका बटुवा देखि गाडीमा सवारहरु पनि त्यसप्रति आखाँ लगाएका थिए । घरघरबाट मासिहरु निस्किएर हेर्दै थिए ।

किर्गिजकी राजदूत सार्मगिऔल आदमकुलोभाले आफ्नो श्रीमान र छोरी सहित बग्गिमा बसेर गएकी थिइन । जसले गर्दा उनले झन फरक अनुभूति गरिरहेकी थिइन । उनको विवाह भन्दा पनि यो दृष्य भब्य रहेको प्रष्टिकरण दिदै थिइन । अन्य मुलुकमा चेक रिपब्लिकका मिलान हेवोर्का, साइप्रसका डेमेटि्रअस ए. थियोकिफाइलाक्टौ र अल्जेरियाका हाम्जा याइया चेरिफको उपस्थिती थियो । उनीहरु सबै यो प्रक्रियामा दंग थिए । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार रहेका पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले भने,'सबै राजदूतहरु निकै खुशी देखिनु भएको थियो भने निकै फरक अनुभूति गरेको सुनाई रहनु भएको थियो । यो हाम्रो प्रयास राम्रो छ । यसलाई थप सुधार गर्दै लैजाने छौ । निकै पछि यस्तो अभ्यास आरम्भ भएको हो ।' उनीहरुले ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानसेनापति राजेन्द्र क्षत्री अन्य उच्चअधिकारीहरुको उपस्थिती रहेकेा थियो । प्रमाणपत्र बुझाएपछि राष्ट्रपतिसंग उनीहरुले २० मिनेट चिया गफ समेत गर्ने अवसर पाएका थिए ।

सडकभरी पहरी र ट्राफिक प्रहरीको उपस्थिती थियो । सडकको अर्को पटि्ट नियमित सवारीहरु चलिरहेका थिए । नेपालले विगत १५ बर्ष देखि विराएको यो बाटोलाई पुन ट्रयाकमा ल्याउने काम मात्र गरेन राजदूतहरुलाई विशेष सम्मान गरेर सकारात्मक सन्देश समेत दिएको छ । राजदूत राष्ट्र प्रमुखको नै प्रतिनिधी हुने र त्यो मुलुकमा उसले गर्ने ब्यवहारले राज्यको ब्यवहार झल्कने हुनाले उसलाई दिने सम्मानमा कुनै कमी नराख्न यस्तो गरिएको परराष्ट्र अधिकारीले बताए । बेलायत, जापान, फ्रान्स, इटाली, थाइल्याण्ड लगायत मुलुकमा पनि राजदूतलाई सम्मानको साथै सास्कृतिक महत्व झल्कने गरि ओहोदाको प्रमाणपत्र दिने गरिन्छ । ति भध्ये कतिपयमा बग्गिमा जाने वा अन्य कुनै तवरबाट भन्ने विकल्पम समेत दिने गरिन्छ ।

राजदरबार हत्याकाण्डपछि यसरी बग्गीमा राखेर ओहोदाको प्रमाणपत्र बुझ्ने र बुझाउने काम बन्द भएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आहोदाको प्रमणपत्र बुझ्ने कार्य साह्रै सामान्य भयो यसलाई विशेष बनाउन प्रस्ताव राखेकोमा राष्ट्रपति कार्यालय पनि सकारात्मक बनेपछि अहिले अलिक फरक बनको हो । राजा महेन्द्रको समयमा गद्दी बैठक बसन्तपुर दरबारमा बुझाउने ओहोदाको प्रमाणपत्र निकै चर्चित र फरक थियो । त्यही रवाफ नेपालकेा देखेर बेलायती महारानीको नेपाल भ्रमणमा समेत उत्साह मिलेकेा पुराना अनुभवि कूटनीतिज्ञहरु बताउछन । गद्दिबैठक पछि नारायण हिटी दरबारमा ओहोदाको प्रमाणपत्र बुझ्ने काम भयो । त्यहा भने सडक ट्राफिकलाई ख्याल गरेर होटल अन्नपूर्णबाट दरबारसम्म बग्गिमा राखेर लगिन्थ्यो । राजदरबार हत्याकाण्ड पछि त्यसलाई सामान्य करण गर्दै परराष्ट्रमन्त्रालयबाट सिधै गाडीमा लैजाने चलन चल्यो । त्यसपछि गिरिजाप्रसाद कोइराला कार्यवाहक राष्ट्रप्रमुख रहदा सिंहदरबार भित्रको बेलायती बैठक हलमा नै ओहोदाको प्रमाणपत्र बुझे । राजाको समयमा ओहोदाको प्रमाणपत्र बुझाए पछि राजाले एक रुमाल राजदूतलाई दिदै त्यसमा विशेष अत्तर र पान दिने चलन थियो । पछि पानको कटौति गरियो र अत्तरमात्र दिने काम भयो । अहिले त्यो पनि बन्द भएकोछ ।

kantipur 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget