Websoft University

www.radiomakalu.com || 021-522512


भूमि सुधार मन्त्री सुब्बालाई बर्खास्त गर्न माग

काठमाडौँ, असार ८ गते। अनेरास्ववियु (क्रान्तिकारी) ले भूमि सुधार मन्त्री रामकुमार सुब्बालाई बर्खास्त गर्न माग गरेको छ। मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको अभिव्यक्तिप्रति लक्षित गर्दै मंगलबार विज्ञप्ति मार्फत क्रान्तिकारीले मन्त्री सुब्बाको अभिव्यक्ति घोर आपत्तिजनक रहेको जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ-नेपाली जनताको ठूलो त्याग र दशौं हजारको वलिदानवाट निर्माण भएको संविधान कार्यान्वयन गर्ने दायित्व बोकेको सरकारका मन्त्रीबाटै यस्तो निकृष्ट अभिब्यक्ति आउनु घोर आपत्तिजनक र लज्जास्पद विषय हो।’ क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ‘आफूले जुन संविधान वमोजिम मन्त्री भई सपथ आएको छ, त्यहि संविधानको धज्जी उडाएर दुनियाँ हसाउने गैरजिम्मेवार मन्त्रीलाई एक सेकेन्ड पनि पदमा वहाल रहने नैतिक, राजनीतिक र संवैधानिक अधिकार छैन। यसर्थ मन्त्री सुब्बालाई बर्खास्त गरी संविधान कार्यान्वयनको दायित्व पूरा गर्नेतर्फ अविलम्ब कदम चाल्न सरकारका प्रधानमन्त्री सहितका सबै सरोकारित निकायलाई जोडदार माग गर्दछौं।’

मुलुकमा गणतन्त्र स्थापना भएको सात वर्ष पूरा भइसकेको अवस्थामा सरकारका मन्त्रीले नै राजा ल्याउन आफू मन्त्री पद त्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री सुब्बाले मन्त्री पद भन्दा आफ्नालागि राजसंस्थाको विचार ठूलो भएको बताएका थिए।

नागरिक 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget