- लोकनाथ खनाल ,
भूमिराज (भृङ्गराज) र मरिच पिसेर लेप लगाउँदा टाउकाको दुखाइमा आराम मिल्छ ।
केश झरेर तालुमात्र देखिने अवस्थामा भूमिराजको रसले मालिस गर्न सकिन्छ ।
केश सुन्दर तथा आकर्षक बनाउने भएकाले यसलाई केशराज वा केशरन्जन पनि भनिन्छ ।
फाइदा
भूमिराजको रस काटेको ठाउँमा लगाउँदा रगत बग्न छाड्छ र घाउ छिटो निको हुन्छ ।
भूमिराजको १ चम्चा रस, आधा कप दूधमा मिसाएर बिहान–बेलुका खाँदा कफ जन्य बिकार ठीक हुन्छ ।
छालामा भएका जुनसुकै किसिमका घाउमा भूमिराजको लेप लगाउँदा लाभ मिल्छ ।
अण्डकोष वृद्धि वा हाइड्रोसिलका रोगी वा कुनै अङ्ग सुन्निएको अवस्थामा भूमिराजको लेप लगाउन सकिन्छ ।
भूमिराजको १/२ ग्राम चुर्ण मोहीसँग खाँदा पाइल्सका रोगीलाई फाइदा मिल्छ ।
१/२ चम्चा भूमिराजको रस दिनमा २/३ पटक खाँदा ज्वरो बिसेक हुन्छ ।
रक्त प्रदर वा श्वेत प्रदरमा यसको रस फाइदाजनक सावित हुन्छ ।
भूमिराजको मुन्टाको साग पकाएर खाँदा आाखा, मस्तिष्क तथा पेटलाई फाइदा हुन्छ । - ईकान्तिपुर साप्ताहिकबाट

Post a Comment