Websoft University

www.radiomakalu.com || 021-522512


जर्मन र पोल्यान्ड अपराजित

पेरिस, असार ८ गते। विश्व विजेता जर्मनी र पोल्यान्ड युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुगेका छन् ।



मंगलबार राति जर्मनीले उत्तरी आयरल्यान्ड र पोल्यान्डले प्रतियोगिताबाट बाहिरिइसकेको युक्रेनलाई समान १–० ले हराउँदै नकआउट चरणको यात्रा तय गरेका हुन् । पराजित आयरल्यान्डको भने ६ समूहका उत्कृष्ट तेस्रो चार टोलीभित्र पर्ने सम्भावनाका लागि अन्य समूहको नतिजा कुर्नुपर्ने हुन्छ । युक्रेनलाई २–० ले हराएको उत्तरी आयरल्यान्डसँग ३ अंक छ ।

जर्मनीले स्लोभाकिया, अल्बानिया वा समूह ‘एफ’ को तेस्रो हुने टोलीमध्ये एकसँग आइतबार प्रि–क्वार्टरफाइनल खेल्नेछ ।
गोल गर्न नसकेका कारण चर्को आलोचना खेपिरहेको जोचिम लोउको टोली जर्मनीले मंगलबार पनि धेरै मौका पाउनुका बाबजुद एकमात्र गोलमा चित्त बुझाउनुप¥यो । मारियो गोमेजले ३० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

उत्तरी आयरल्यान्डका गोलकिपर माइकल म्याकगोभर्न र रक्षापंक्तिले उच्च प्रदर्शन गरेपछि जर्मनी गोलका लागि निकै तड्नुपरेको थियो ।
पेनाल्टी बक्सभित्र थोमस मुलरले निकालेको पासमा जारी च्याम्पियनसिपमा पहिलोपटक प्लेइङ सेटबाट खेल्ने अवसर पाएका गोमेजले बिना कुनै गल्ती गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा पटक पटक गोल नजिक पुगेर पनि जर्मनी असफल भएको थियो ।

समान ७ अंक जोडेको दुई टोलीमध्ये गोलअन्तरका आधारमा जर्मनी समूह विजेता र पोल्यान्ड उपविजेता बनेका हुन् । जर्मनी र पोल्यान्डले गोलरहित बराबरी खेलेका थिए । जर्मनीले युक्रेनलाई २–० र पोल्यान्डले उत्तरी आयरल्यान्डलाई १–० ले हराएका थिए ।
सुरुआती दुई खेलमा सन्तोषजनक प्रदर्शन नभएपछि जर्मनीका फरवार्डमाथि आलोचना थोपरिएको थियो ।
मुलर, मारियो गोइट्जेले अहिलेसम्म गोल गर्न सकेका छैनन् । प्लेमेकर मेसुट ओजिलको पनि आलोचना भइरहेको छ । जर्मनीले २०१४ को विश्वकप जित्दा मुलरले सबैभन्दा बढी गोल गरेका थिए ।

मार्सेमा भएको खेलमा पोल्यान्डलाई जित दिलाउन दोस्रो हाफमा याकुब बुलाजोकोस्कीले गोल गरेका थिए । खेलमा प्रभाव जमाए पनि पोल्यान्डले ५४ औं मिनेटमा गोलको खाता खोलेको थियो । बुलाजोकोस्की दोस्रो हाफको सुरुआतमा मैदान छिरेका थिए । दुईटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने ३० वर्षे फ्लोरेन्टिनाका बुलाजोकोस्की पहिलो पोल्यान्ड खेलाडी बनेका छन् । अघिल्ला खेलका तुलनामा पोल्यान्डको प्रदर्शन कमजोर रहेको थियो । यद्यपि टोलीले तीन खेलमा अहिलेसम्म गोल खाएको छैन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget