Websoft University

www.radiomakalu.com || 021-522512


पर्यटन विकासमा विदेशी मिडिया बाधक

काठमाडौँ, जेष्ठ २१ गते । विदेशी मिडियाले ससाना विषयलाई तोडमोड तथा बढाइचढाई गर्ने प्रवृत्तिका कारण नेपालसहित दक्षिण एसियाली मुलुकको ग्रामीण पर्यटनमा नकारात्मक असर पुगेको विज्ञहरूले औंल्याएका छन् ।




‘ग्रामीण पर्यटनमार्फत गाउँको आर्थिक क्रियाकलाप कसरी वृद्धि गराउन सकिन्छ ? भन्ने विषयमा बिहीबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको दुईदिने सार्कस्तरीय छलफलमा विज्ञहरूले विदेशी मिडियाका कारण पर्यटकीय गतिविधिमा अवरोध सिर्जना हुने गरेको बताए ।

‘अफगानिस्तानका गाउँमा घुम्न आउनुहोस् तपाईहरूले थाहा पाउनुहुने छ, वास्तवमा गाउँको सत्य अवस्था,’ अफगानिस्तानको पर्यटनका लागि अनुसन्धान, विकास र बजारीकरण निर्देशनालयका निर्देशक मोहम्मद रमिन अतिकजादले भने, ‘जे तपाईहरूले सुनिरहेको भएको छ, त्यो मिडिया वार मात्रै हो ।’

विदेशी च्यानलहरूले ससाना घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गरेकै कारण त्यहाँको ग्रामीण पर्यटनमा असर पुगेको उनले सुनाए ।

‘नेपालमा भूकम्पपछि जसरी विदेशी मिडियामा खबर सम्प्रेषण भयो, हाम्रो मुलुकले पनि ठिक त्यस्तै अवस्थाको सामना गरिरहेको छ,’ नेपालसहित आठवटा मुलुकका प्रतिनिधिहरूबीच उनले भने, ‘अफगान ग्रामीण पर्यटनका लागि शान्त छ । हामी हाम्रो अवस्थाबारे संयुक्त राष्ट्रसंघ र सार्कलाई जानकारी गराउने पक्षमा छौं ।’

नेपालका तर्फबाट कार्यशालामा सहभागी पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पनि भूकम्पमा जसरी विदेशी सञ्चारमाध्यमले खबर सम्प्रेषण गरे त्यो अवस्था नरहेको सदस्य राष्ट्रसमक्ष बताए ।

‘हाम्रो हाई–वे, विमानस्थल, टेलिफोन बुथ, विद्युत् लगायतका पूर्वाधारका लाइफलाइनमा भूकम्पको असर नै परेको थिएन,’ सहसचिव उपाध्यायले भने, ‘आठ हजार मिटर अग्ला आठ वटा हिमालमा केही भएको थिएन, ३५ वटा ट्रेकिङ रुटमध्ये तीन वटा ध्वस्तै होइन प्रभावित भएका थिए, विश्व सम्पदामा सूचीकृत १० मध्ये केहीमा असर पुगेको थियो तर नेपाल र हाम्रो राजधानी ध्वस्तै भयो भन्ने खाले खबर अन्तर्राष्ट्रिय मिडियामा आए, जुन निराधार थियो ।’

यस्तो खबरका कारण गत वर्ष पर्यटनमा भारी गिरावट आएको उनको बुझाइ थियो । अघिल्लो वर्ष ८ लाख हाराहारी पुगेको पर्यटन आगमन ३५ प्रतिशतले घटेको थियो ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तान र बंगलादेशका पर्यटनविज्ञहरू सहभागी कार्यशालामा मुलुकको ग्रामीण पर्यटनलाई विश्व बजारमा बजारीकरण र ब्रान्डिङ गर्ने भन्ने विषयमा पहिलो दिन आआफ्ना मुलुकमा भइरहेका प्रयोगबारे अनुभव आदानप्रदान गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा विज्ञहरूले गाउँको गरिबी निवारणको मुख्य आधार कृषिपछि पर्यटन नै भएको बताउँदै आपसी सहयोग हुनुपर्ने बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा पुगेका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरलले प्राकृतिक सम्पदा तथा हिमालय क्षेत्रबाट अटुट बग्ने नदी नालाबाट प्रचुर लाभ लिन सकिने आधार भएकाले ग्रामीण पर्यटनबाट आर्थिकस्तर उकास्न ठूलो मद्दत पुगेको बताए ।

उनले नेपालको ग्रामीण पर्यटन वातावरणमैत्री हुनुका साथै गरिबी निवारणमा समेत योगदान पुर्‍याइरहेकाले सरकारले यस वर्षदेखि बजेटमार्फत पनि ग्रामीण पर्यटन उकास्ने कार्यक्रम राखिएको सुनाए ।

नेपालले भर्खरै २५६० औं बुद्धजयन्ती समारोह सम्पन्न गरेको जानकारी गराउँदै मन्त्री पोखरेलले ७० भन्दा बढी सहभागी कार्यक्रममा नेपाल भगवान् गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्धदर्शनको उद्गम भूमि भएकाले घुम्न आउन निम्तो दिए ।

kantipur

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget