Websoft University

www.radiomakalu.com || 021-522512


जर्मनीसँगै पोल्याण्ड र कोएशियाको विजयी सुरुवात

पेरिस, जेठ ३१ गते । दाबेदार जर्मनीसँगै पोल्याण्ड र क्रोएशियाले फ्रान्समा जारी युरो कप फुटबलमा विजयी सुरुवात गरेका छन् ।
गएराति भएको खेलमा तीन पटकको युरो कप बिजेता जर्मनीले युक्रेनलाई २–० ले हरायो । खेलमा जर्मनीलाई विजयी गराउन मुस्ताफी र स्वेन्सटाईगरले एक–एक गोल गरे ।
यही समुहको अर्को खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले हरायो । पोल्याण्डका लागि मिलिकले ५१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
युरोकप फुटबलमा पोल्याण्डको यो पहिलो जित हो । तेस्रो पटक युरोकप खेलिरहेको पोल्याण्डले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको थिएन ।
युरो कप फुटबलअन्तर्गत हिजो बेलुकी भएको समूह डी को खेलमा क्रोएशियाले टर्कीलाई १–० ले हरायो । खेलमा क्रोएशियालाई विजयी गराउन लुका मोड्रिचले आकर्षक गोल गरे ।
युरो कप फुटबलमा आज राति तीन खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ७ बजे हुने खेलमा स्पेन र चेक गणतन्त्र भिड्ने छन् । यसैगरी बेलुकी पौने १० बजे आयरल्याण्ड र स्विडेन भिड्नेछन् भने राति पौने १ बजे ईटालीले बेल्जियमसँग खेल्नेछ ।
imagekhabar

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget