Websoft University

www.radiomakalu.com || 021-522512


एकतर्फी खेलमा अर्जेन्टिनाद्वारा बोलिभिया पराजित



वासिङटन , असार १ गते । बोलिभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिना समूह विजेताबन्दै कोपा अमेरिकाको अन्तिम आठमा प्रवेश गरेको छ । एकतर्फी बनेको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको हो ।

खेलअवधि भर अर्जेन्टिनाले झण्डै ९० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो ।


अर्जेन्टिनाले सबै गोल पहिलो हाफमा गरेको थियो । अर्जेन्टिनालाई जीत दिलाउन एरिक लामेमा, एजिक्वेल लाभेज्जी र भिक्टर कुएस्टाले एक–एक गोल गरे ।

खेलको दोस्रो हाफमा लियोनेल मेस्सी पनि मैदान प्रवेश गरे पनि कुनै गोल गर्न सकेनन् । यसअघिको खेलमा भने उनले १९ मिनेटमो अन्तरालमा ह्याट्रिक गरेका थिए ।

यो जितसँगै अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ । सन् २००७ पछि समूह चरणमा यस्तो शतप्रतिशत नतिजा निकाल्ने अर्जेन्टिना पहिलो टोली बनेको छ । त्यतिबेला पनि अर्जेन्टिनाले सबै खेल जित्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

पछिल्ला २२ कोपा अमेरिकाको खेलमा अर्जेन्टिनाले मात्र एक खेल हारेको छ । यता, बोलिभिया भने कुनै पनि अंक नजोडी प्रतियोगिताबाट बाहिरिएको छ । सन् १९६७ पछि बोलिभियाले प्रतियोगितामा लगातार चार खेल हारेको यो पहिलो अवसर हो ।

जीतपछि अर्जेन्टिना समूह विजेता बनेको छ । क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलको सामना गर्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget