डिपो प्रोभेराले स्वास्थ्यमा समस्या निम्तिएको गुनासो
काठमाडौं । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपलब्ध हुने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
रामजनम चौधरी
हाल बजारमा उपलब्ध कम गुणस्तरको डिपो प्रोभेराले महिलाहरुको स्वास्थ्यमा असर गरेको समितिको ठहर छ ।
समितिले आइतबार स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई बोलाएर छलफल गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका डिपो प्रोभेरा उपलब्ध हुने व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रञ्जु कुमारी झाले जानकारी दिइन् ।
सबै चिकित्सकको प्रमाणपत्र छानविन गर्न माग
समितिमा नक्कली प्रमाणपत्रधारी चिकित्सकहरु पक्राउ परेको विषयमा पनि छलफल भएको थियो ।
समितिका सदस्य राजेन्द्र पाण्डे लगायतले एकपछि अर्को नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ पर्नुले स्वास्थ्य क्षेत्र नै लज्जित भएको भन्दै सरकारले गोप्यरुपमा सबै चिकित्सकको प्रमाणपत्र छानविन गर्नुपर्ने बताए ।
समितिका केही सदस्यहरुले भने शिक्षा र स्वास्थ्यको दायित्व सरकारले नलिंदाको परिणाम चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रधारीको संख्या बढेको बताए ।- अनलाइनखबरबाट
Post a Comment