Websoft University

www.radiomakalu.com || 021-522512


तरुण दल सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, जेष्ठ ३२ गते । नेपाल तरुण दलले कपिलवस्तु क्षेत्र नं १ वाणगंगा इकाई समितिका अध्यक्ष राजेश सेनको हत्या भएको बारे पटक पटक ध्यानाकार्षण गराउँदा समेत सरकारले कुनै चासो नदेखाएको भन्दै हत्यामा संलग्नलाई तत्काल कारवाही नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। 



सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तरुण दलले उक्त चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका अध्यक्ष उदय शमशेर राणाले दोषीमाथि तत्काल कारवाही गर्नुपर्ने माग राखेका छन्। उनले मृत्तक सेनलाई सहिद घोषणा नगरिए र मृत्तकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरिए शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

अध्यक्ष राणाले भने,‘अपराधि मनोवृत्तिका अज्ञात व्यक्तिहरुद्धारा गोली प्रहार गरी हत्या गरिएको घट्नावारे पटक पटक गम्भिर ध्यानाकार्षण गराउँदा समेत सरकार र मातहातका निकायहरुबाट कुनै चासो देखाउने काम भएको छैन ।’
राणाले दिनदाहडै गोली प्रहार गरि हत्या गर्नु भनेको लोकतन्त्रको खिल्ली उडाउने काम भएको भन्दै हत्यामा संलग्नलाई तत्काल कारवाही नगरिए आफूहरु देशव्यापी रुपमा आन्दोलनमा उत्रने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिए ।’

hamra kura

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget