Websoft University

www.radiomakalu.com || 021-522512


'इंग्ल्यान्डको सम्भावना बलियो'


नेपाली हेराई

इंग्ल्यान्डको टोली प्रायः सन्तुलित नै हुने गर्छ। नाम चलेका खेलाडी टोलीमा हुन्छन्। तर, नतिजा सधैं विपक्षी टोलीमा जान्छ। त्यसैले युरो कपमा उसलाई असफल टोली पनि मानिन्छ।


अहिलेसम्म फाइनल पुग्न सकेको छैन। तर यसपटक पहिलेको भन्दा राम्रो टोली मानेको छु। युवा खेलाडीको बाहुल्य रहेको छ। अग्रपंक्तिमा ह्यारी केन र जेमी भार्डी छन्।

यी दुवै खेलाडीले यो सिजन इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरे। केन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ता बने भने भार्डीले लेसिस्टर सिटीलाई उपाधि नै दिलाए। यी दुवै स्ट्राइकर निकै तीव्र गतिमा खेल्छन्।

त्यसैले यी दुईको जोडीले यसपटक इंग्ल्यान्डलाई अघि बढाउनेछ। सम्भवतः युरो कपमा यस पटक यी खेलाडीले नै इंग्ल्यान्डको असफल छविको ट्याग हटाउनेछन्। इंग्लिस टोलीमा यसपटक अन्य युवा खेलाडी पनि छन्।

मार्कस रासफोर्डले युरोअघिको अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अर्का स्ट्राइकर ड्यानियल स्टुरिजले पनि इंग्लिस टोलीलाई अघि बढाउन सक्नेछन्। मिडफिल्डबाट डेली अली, रहिम स्टर्लिङलगायत खेलाडीले पनि गोल गर्न सक्छन्।

त्यसैले पनि यसपटक इंग्लिस टोलीको सम्भावना बलियो देखेको छु।हुन त म सानैदेखि इंग्ल्यान्डको समर्थक हुँ। तर, यसअघि राम्रो टोली हुँदाहुँदै पनि नतिजा निकाल्न सकेन। यसपटक भने नतिजा पनि आउने अपेक्षा गरेको छु।

इंग्ल्यान्डले रुसबिरुद्धको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्दैछ। रुस पनि नराम्रो टोली छैन। युरो कप वा विश्व कपमै पनि रुसले ठूला टोलीलाई मुस्किल बनाउने गरेको छ। सोभियत युनियन हुँदा रुसले पनि ठूलो प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आइरहेको थियो।

पछिल्लो समय ठूला टोलीलाई बलियो टक्कर दिने गरे पनि उसले सफलता हात पार्न सकिरहेको छैन। पहिलो खेलमा दुवै टोली दबाबमा हुनेछन्, यद्यपि खेलाडीको स्तर हेर्दा नतिजा इंग्ल्यान्डको पक्षमा जाने देखेको छु।

आफ्नो मन पर्ने टोली भएकाले इंग्ल्यान्ड र रुसबीचको खेल जसरी पनि हेर्नेछु। त्यसो त युरो कपका प्रायः खेलहरूरु छुटाउँदिनँ। हामी युरोपका यस्ता खेलहरू हेरेर पनि धेरै नयाँ कुरा सिक्न सक्छौं।

विशेषगरी खेलाडीको खेल्ने शैली, रणनीतिहरू सिक्न सक्छौं। यति खेर हाम्रो राष्ट्रिय टोली पनि अभ्यासमा व्यस्त छ। टेलिभिजनमा प्रत्यक्ष हेरेका कुरालाई अभ्यासमा उतार्न सक्छौं। त्यसैले समूहगत चरणका खेलहरू घरमै हेर्नेछु। नकआउट चरणको खेल बाहिर गएर प्रोजेक्टरमा हेर्ने योजना छ। - अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget