Websoft University

www.radiomakalu.com || 021-522512


भारतले राष्ट्रसंघमा भन्यो-तालिवानका नेतालाई अतंककारी घोषणा गरियोस्



काठमाडौं , असार ८ गते । काबुल आक्रमणलाई लिएर भारतले तालिवानका नयाँ नेता मौलवी हवितुल्लाह अखुनजादालाई आतंकवादीको सूचीमा राख्न राष्ट्रसंघमा माग गरेको छ । उसलाई अहिलेसम्म आतंककारीको सूचीमा नराख्नु मूर्खता भएको भारतले बताएको छ ।


सोमबार काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो ।

यो घटनालगतै राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि सैयद अकबरुद्दिनले अफगानिस्तान सहायता मिसनबारे सुरक्षा परिषदको बैठकमा अखुनजादालाई आतंककारीको सूचीमा राख्न माग गरेका हुन् । उनले भने, ‘एक प्रतिवन्धिन संगठनका नेतालाई अहिलेसम्म आतंककारीको सूचीमा नराख्नु मुर्खता हो ।’

अघिल्लो महिना अमेरिकी आक्रमणमा अख्तर मन्सुर मारिएपछि अखुनजादा तालिबानको नयाँ नेता बनेका हुन् । अमेरिकी विदेश मन्त्रालयका सहायक प्रवक्ता मार्क टोनरले हालै मात्र अखुनजादा कुनै आतंकवादी सूचीमा नरहेको बताएका थिए ।

भारतीय स्थायी प्रतिनिधि अकवरुद्दिनले अफगानिस्तानमा सुरक्षा अवस्था विगि्रएको भन्दै हिसा रोक्न राष्ट्रसंघले आवश्यक कदम चाल्नु पर्ने बताए । अन्यथा पछिल्लो १५ वर्षमा भएको उपलब्धि गुम्न सक्ने उनको चेतावनी छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget