Websoft University

www.radiomakalu.com || 021-522512


डा. केसीले आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै



चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजिएको भन्दै विरोध


काठमाडौं, असार १२ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन् । मेडिकल माफियाविरुद्ध आन्दोलनरत डा. केसीले चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

डा. केसीले चिकित्सा क्षेत्रका बेथिति रोक्न सरकारलाई दबाव दिने उद्देश्यले पटक-पटक आमरण अनसन बस्दै आएका छन् । सरकारसँग हुने सम्झौतापछि उनले अनसन फिर्ता लिने गरेका छन् ।

तर पुराना सम्झौताहरु हालसम्म पनि सरकारले कार्यान्वयन नगरेको र माथेमा आयोगको प्रतिवेदनविपरीत चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजेकाले केसीले आन्दोलन घोषणा गर्न लागेको केसीका सहयोगी डा. जीबन क्षेत्रीले बताए ।

आन्दोलनका कार्यक्रम घोषणा गर्न केसीले आइतबार दिउँसो एक बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget