Websoft University

www.radiomakalu.com || 021-522512


लागुऔषधसहित तीन पक्राउ


मोरङ, जेष्ठ १९ गते। प्रहरीले सोमबार मोरङको बिराटनगरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेका छन। सि.आर.भि. पोष्ट जतुवाले सोमबार सांझ बिराटनगर १८ स्थित जतुवा नहरबाट मोरङ कोशी-हरैचा नगरपालिका २ का जुसन सोनाम र राजेश राईलाई १० पिस नाइट्रोसन ट्याब्लेट, ९ एम्पुल एभिल, ८ एम्पुल लुपिजेसिक र ८ एम्पुल डाइजेल्याबसहित पक्राउ गरेका हुन। 




त्यस्तै सोही सांझ सश्स्त्र प्रहरी बलको टोलीले बिराटनगर २१ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाट नजिकबाट मोरङ पथरी शनिश्चरे १ का अरुण मण्डललाई ९\९ एम्पुल एभिल, डाइजेल्याप र लुपिजेसिकसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएका छन। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट अनुसन्धान पश्चात कारवाही प्रकृया अगाडी बढाइने छ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget