Websoft University

www.radiomakalu.com || 021-522512


खेल सकिनै लाग्दा फ्रान्सको दुई गोल



पेरिस, असार २ गते ।  खेल सकिनै लाग्दा लगालग दुई गोल गर्दै आयोजक फ्रान्सले अल्बानियालाई पराजित गरेको छ ।

आफ्नै भूमिमा चलिरहेको युरोकप अन्तर्गत समूह चरणको यो भिडन्तमा निर्धारित समय सकिएर इन्जुरी समयमा खेल चरिलरहेका बेला फ्रान्सले दुई गोल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ ।

यससँगै फ्रान्स युरोकपको अन्तिम १६ मा पुग्ने पहिलो टोली बन्न सफल भएको छ ।

समूह ए मा रहेको फ्रान्सलाई अन्तिम १६ मा पुर्‍याउने क्रममा खेलको ९० औं मिनेटमा डिमत्री पायटले पहिलो गोल गर्दै अल्बानियालाई स्तब्ध बनाए ।

खेल बराबरीमा सकिने अनुमान गर्दै निराश बनेका घरेलु दर्शकलाई खुसी बनाउने क्रममा खेलको अतिरिक्त समयम छैटौं मिनेटमा एट्लेटीको मड्रिडका एन्टेनियो ग्रिजमनले अर्को गोल थपे ।

यो जितसँगै फ्रान्स समूह ए बाट दुई खेल जित्दै ६ अंक जोडेर समूह बिजेता बनेको छ ।गएराति भएको खेलमा रोमानियासँग अंक बाँडेको स्विटजरल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ गोलको बराबरी खेले पनि अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलको १८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बोग्दान स्टान्चुले रोमानियालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा खेलमा फर्केको स्विटजरल्यान्डले गोल गरेको हो । उसका लागि खेलको ५७ औं मिनेटमा अद्मिर मेहेमेदीले बराबरी गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget