राजविराज , असार ९ गते । वर्षापछि आएको बाढीका कारण सप्तरीको राजविराज-कुनौली भन्सार सडकखण्ड अवरुद्ध भएको छ । खाडो खोलामा आएको बाढीले तिलाठी-८ मा बन्दै गरेको पुल बगाएको छ ।

सडकबाटै बाढी बग्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको भन्सार प्रहरी चौकीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सदरमुकामबाट भारत आवत-जावत गर्न सकिएको छैन । भारतसँग सम्पर्क विच्छेद भएपछि दैनिक आयात-निर्यात ठप्प भएको छ ।
राजविराज-कुनौली सडक भएर भारत र नेपाल आउ-जाउ गर्नेहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । -अनलाइनखबरबाट

Post a Comment