Websoft University

www.radiomakalu.com || 021-522512


मानव बेचबिखनको आरोपमा सिंह पक्राउ

काठमाडौँ, असार ५ गते ।  मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ निवासी ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ गरेको छ ।




सिंहले २०७१ साल फागुन ३ गते सप्तरीको बथनाहा गाविसकी यादव थरकी महिलालाई भारतको दरभङ्गा लगेर बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । । पक्राउ परेका सिंह नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व गजेन्द्रनारायण सिंहका भतिजा हुन् ।
२०७१ फागुन २५ गते यादवका परिवारले जिल्ला प्रहरी कार्यालय र पुनरावेदन अदालत राजविराजमा दिएको जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

पक्राउ परेका सिंहविरुद्ध थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका सिंहविरुद्ध केही महिना अगाडि सप्तरीका पत्रकार विष्णुकुमार मण्डलको घरको पर्खाल जबर्जस्ती भत्काएको आरोपसमेत रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget