बढेकोसडक दस्तुरले सवारी महंगिने
काठमाडौं , असार १३ गते । सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।
सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।
यस्तै ४ सय १ सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।
कार तथा जीपमा कति ?
यसैगरी निजी कार तथा जीप चढ्नेहरुले पनि पहिले भन्दा बढी रकम करका लागि खर्च गर्नुपर्ने विभाग अन्तगतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले अनलाइखबरलाई बताए ।
यसैगरी निजी कार तथा जीप चढ्नेहरुले पनि पहिले भन्दा बढी रकम करका लागि खर्च गर्नुपर्ने विभाग अन्तगतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले अनलाइखबरलाई बताए ।
उनकाअनुसार १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ । यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रुपैयाँ बनाइएको छ ।
यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले पनि एकहजार बढी कर चुक्ता गर्नुपर्नेछ । यअिघ २० हजार रहेको कर अब २१ हजार पुगेको छ । यसैगरी १५०१ देखि २०० सीसीसम्मका कार/जीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रुपैयाँ तिर्नेछन् ।
२००१ देखि २५ सयसम्मका कारका लागि यसअघि ३० हजार लिइन्थ्यो भने अब ३२ हजार रुपैयाँ लिइनेछ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नेछन् । यसअघि यो ३५ हजार रुपैयाँ थियो ।
२९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यस्ता सवारीसँग ५० हजार रुपैयाँ कर लिइन्थ्यो ।
यसैगरी सरकाले सार्वजनिक सवारीहरुको पनि करको दर बढाएको छ । विभिन्न पव्कारका निजी सवारी साधन र निर्माण उपकरणले वाषिर्क रुपमा तिर्नुपर्ने करमा पनि वृद्धि भएको छ ।
बढेको दस्तुरले सवारी महंगिने
यसबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ । यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले १० हजार रुपैयाँ बनाइएको छ । यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउँदा लिइने ८ हजार रुपैयाँलाई अब १२ हजार पुगेको छ ।
यसबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ । यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले १० हजार रुपैयाँ बनाइएको छ । यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउँदा लिइने ८ हजार रुपैयाँलाई अब १२ हजार पुगेको छ ।
यस्तै २५१ देखि ४०० सीसीसम्मका मोटरसाइकलका लागि अब सडक दस्तुर १५ हजार लाग्नेछ । यसअघि १० हजार मात्रै थियो । ४०१ सीसी माथिका मोटरसाइकलका लागि पनि ५ हजार रुपैयाँ दस्तुर बढाएर २० हजार बनाइएको छ ।
यसैगरी सबै निजी प्रयोजनका सवारी भित्र्याउँदा यसअघि बीलबिजक र भन्सार रकमसहितको कुल लागतको ५ प्रतिशतले लिइँदै अएको सडक दस्तुर करलाई अब २ प्रतिशतले वृद्धि गरिएको छ । एकपटक मात्रै तिर्नुपर्ने यस्तो कर ७ प्रतिशत भएको छ ।
यसैकारण निजी सवारीको मूल्यमा २ प्रतिशतले वृद्धि हुने पक्का छ । मोटरसाइकलमा पनि बढेको सडक बढेकै दस्तुर बराबर स्वतः मूल्य बढ्नेछ ।
सूचीमा हेर्नुस्
निजी मोटरसाइकलको कर
सवारी क्षमता (सीसी) | पहिलेको दर (रु.) | अबको दर (रु.) | बढेको (रु.) |
---|---|---|---|
१ सय २५ सम्म | २,५०० | – | – |
१२६ देखि २५० सम्म | ४,००० | – | – |
२५१ देखि ४०० सम्म | ६,००० | ८००० | २,००० |
४०० माथि | १०,००० | १५००० | ५,००० |
निजी कार/जीप र माइक्रो कर
सवारी क्षमता (सीसी) | पहिलेको दर (रु.) | अबको दर (रु.) | बढेको (रु.) |
---|---|---|---|
१००० सम्म | १८,००० | १९,००० | १,००० |
१००१ देखि १५००सम्म | २०,००० | २१,००० | १,००० |
१५०१देखि २०० सम्म | २२,००० | २३,००० | १,००० |
२००१ देखि २५०० सम्म | ३०,००० | ३२,००० | २,००० |
२५००१ देखि २९००सम्म | ३५,००० | ३७,००० | २,००० |
२९००१ माथि | ५०,००० | ५३,००० | ३,००० |
अन्य निजी सवारीको कर
सवारी | पहिलेको दर (रु.) | अबको दर (रु.) | बढेको (रु.) |
---|---|---|---|
मिनि टि्रपर | २०,००० | २५,००० | ५,००० |
अटो रिक्सा | ५,००० | ५,००० | – |
ट्रयाक्टर | ३,००० | ४,००० | १,००० |
पावर टिलर | २,५०० | ३,००० | ५०० |
मिनि ट्रक र बस | २२,००० | १८,००० | ४,००० |
ट्रक/बस | २७,००० | ३०,००० | ३,००० |
निर्माण उपकरण | ३०,००० | ३५,००० | ५,००० |
भाडाका जीप कार तथा माइक्रो सवारीको कर
सवारी क्षमता (सीसी) | पहिलेको दर (रु.) | अबको दर -रु.) | बढेको (रु.) |
---|---|---|---|
१३००सम्म | ६,००० | ८,००० | २,००० |
१३००१देखि २०००सम्म | ७,००० | ९,००० | २,००० |
२००१देखि २९००सम्म | ८, ५०० | ११,००० | २,५०० |
२९०१देखि ४०००सम्म | ११,००० | १३,००० | २,००० |
४००१ माथि | १३,००० | १५,००० | २,००० |
निर्माण उपकरण | १४,००० | १७,००० | ३,००० |
टेम्पो र अटो रिक्सा | ३,५०० | ४,००० | ५०० |
ट्रेक्टर | २,००० | २,५०० | ५०० |
पावर टिलर | १,५०० | २,००० | ५०० |
मिन ट्र र बस | – | १२,००० | – |
मिनि टि्रपर | १०,००० | १४,००० | ४००० |
ट्रक र बस | १२,००० | १६,००० | ४,००० |
स्रोतः यातायात व्यवस्था विभाग
- रवीन्द्र घिमिरे , अनलाइन खबरबाट
Post a Comment