Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनको वातावरण बनाउन कांग्रेसको माग




काठमाडौं , असार ८ गते  । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि सहमतिको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसदको बुधबारको बैठकमा संविधान कार्यान्वयनका लागि अब धेरै समय नरहेको भन्दै सहमतिको वातावरण बनाउन माग गरेको हो । कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सहमतिको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर नबनेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओली सहमति जुटाउनतिर भन्दा फर्मान जारी गर्नमा बढी व्यस्त भएको र त्यहि कारण संकटका संकेतहरु देखिन थालेको बताए । सरकारमा आउ-आउ भनेर भाषण गरेका भरमा सहमति नजुट्ने भन्दै पौडेलले अहिलेको समय सरकारमा भन्दा संविधान कार्यान्वयनका लागि सहमति जुटाउने बेला भएको बताए ।

उनले स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गर्न तथा निर्वाचनका लागि कानून बनाउन धेरै समय बाँकी नरहेकाले सहमतिको वातावरणका लागि असन्तुष्ट पक्षका गुनासा सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । आन्दोलनरत पक्षका माग उदारतापूर्वक सम्बोधन गरी संविधान कार्यान्वयनको वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget