काठमाडौं , असार ७ गते । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमसम्बन्धी निर्देशिका तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।
![](http://www.onlinekhabar.com/wp-content/uploads/2015/07/FNJ_logo.jpg)
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले निर्देशिकामा व्यवस्था गरिएको आधिकारिक स्रोत नभएका, भ्रम सिर्जना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पर्ने सामाग्री प्रकाशन/प्रसारण गर्ने अनलाइन सञ्चारमाध्यम अवरुद्ध गर्न सकिने बुँदा मिडियाको विकासलाई नै वाधा पार्ने खालको भएको बताए ।
ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको मनसाय नरहेको भन्दै निर्देशिका सच्याउन मन्त्रालय तयार रहेको बताए । उनले निर्देशिका सच्याउनका लागि महासंघको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गरिने आश्वासन दिए ।
मन्त्रालयले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भन्दै असार ५ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो ।- अनलाइनखबरबाट
Post a Comment