Websoft University

www.radiomakalu.com || 021-522512


एक लाख ८० हजार ४ सय १३ परिवारसँग अनुदान सम्झौता सम्पन्न



काठमाडौं, असार १५ गते । भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि सरकारले १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

रामेछापमा मात्रै ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको छ । रामेछापमा भूकम्पबाट पीडित परिवारको संख्या ४३ हजार ६ सय ९ छ । त्यसमध्ये ३ हजार ५६ सँग भने अनुदान सम्झौता हुन बाँकी छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार असार १४ गतेसम्म गोरखामा ४० हजार ८ सय ५७, सिन्धुपाल्चोकमा २८ हजार ९ सय ६४ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै दोलखामा २० हजार ५ सय ५७, ओखलढुंगामा १७ हजार २, धादिङमा १२ हजार ६ सय ३९, काभ्रेमा ८ हजार ९ सय ९१ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

त्यस्तै नुवाकोटमा ७ हजार ७ सय ५३, रसुवामा २ हजार ७७, सिन्धुलीमा ११ सय र मकवानपुरमा ५ सय २० घरधनीसँग अनुदान सम्झौता भएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget