Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय सहमतिको सरकार अपरिहार्य : मन्त्री गजुरेल

भक्तपुर, असार १५ गते । कृषिमन्त्री हरिबोल गजुरेलले सबै दल सहभागी राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको बताउनुभएको छ । हिजो रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशको अस्थिरता अन्त्य गर्न पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको स्पष्ट पार्नुभयो ।



अब छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने विश्वास व्यक्त गर्दै मन्त्री गजुरेलले भन्नुभयो – “राष्ट्रिय सहमति कायम भए राष्ट्रिय सरकारको नेतृत्व जसले लिए पनि हुन्छ ।” दलहरुबीचको सहमतिमा ढिलाइ र सरकारकै कारण पुनःनिर्माणको काम ढिलाइ भएको बताउँदै उहाँले पुनःनिर्माणको काममा राजनीतिक दलहरु साझा अवधारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो – बजारमा कालोबजारी सरकारको संरक्षणमा नभई राजनीतिक संरक्षणमा भएका हुन् । सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भई नसकेको जिकिर गर्दै उहाँले मधेस आन्दोलनका जायज माग सम्बोधन गर्न सके तोकेकै समयमा निर्वाचन हुने बताउनुभयो ।

purbelinews

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget