उनीहरू वादी वा करका रुपमा उठाइएका महिला हुन् भन्नलाई यथेष्ट प्रमाण छैन (वैकल्पिक इतिहासमा बहस)
नेपाली इतिहासको पुनर्व्याख्या गरी नमिलेका कुराहरू मिलाउने प्रयासस्वरुप आहुतिका श्रृंखलाबद्ध लेखहरू सेतोपाटीमा प्रकाशित भए। नेपाली इतिहासमा यो ढंगको व्याख्या वा खोजी आवश्यक छ। यद्यपी इतिहासको वैकल्पिक व्याख्या गर्दा पर्याप्त प्रमाणका आधारमा मात्रै गर्नु पर्ने हुन्छ। मुलधारको इतिहासका भन्दा कमजोर प्रमाणका आधारमा वा सजिलै काट्न सकिने तर्कका आधारमा व्याख्या गरिनु हुन्न।

त्रिरत्न मानन्धर
श्रृंखलाको दोस्रो लेख 'को थिए नालापानी युद्धमा मारिएका महिला र बालबालिका' मा उहाँले उठाउनु भएको विषय महत्वपूर्ण छ। सन् १८१४ अक्टोबर र नोबेम्बरमा भएको नालापानी युद्धको खास महत्व छ। किनभने, नेपाल-अंग्रेज युद्ध भएका पाँच किल्लामध्ये अंग्रेज सेनाले पहिलो पटक यहि किल्लामा आक्रमण गरेको थियो।
अंग्रेज सरकारले नेपाल विरुद्ध युद्ध १८१४ को नोभेम्बर १ मा मात्रै घोषणा गरेको हो। तर, त्यसअघि नै युद्ध सुरु भइसकेको थियो। १५ अक्टोबरदेखि युद्धको तयारी भएको देखिन्छ भने २४ अक्टोबरमा युद्ध सुरु भएको थियो। यो युद्धमा ३० नोभेम्बरमा सकियो। किल्ला भित्र पानीको हाहाकार भएपछि बलभद्र कुँवर बाँकी रहेका सैनिकसहित किल्ला छोडेर निस्किए भनिएको छ। उनले किल्ला छोडेको नोभेम्बर ३० मा थियो।
यो युद्धमा महिला तथा बालबालिका पनि मारिएका थिए भनिएको छ। ती महिला तथा बालबालिका को थिए भनेर यसअघि यो स्तरको चासो राखेर खोजी भएको थिएन। तर, हामीले इतिहासको यो पक्षको खोजी गर्नु आवश्यक छ।
आहुतिजीको तर्क पानीको मूहान र स्थानीयवासीको भूमिकामा आधारित छ। सैनिक किल्लामा पानी लैजाने भनेको बोकेर हो। किनभने किल्ला सकेसम्म अग्लो ठाउँमा बनाइएको हुन्छ। नालापानी किल्ला पनि डाँडामाथि नै छ। त्यसैले त्यहाँ पानी पुर्याउने भनेको तल्लो भागबाट बोकेर नै हो। त्यसैले, अंग्रेज सेनाले पानी बोकेर लैजाने बाटोमा अवरोध गरेको हो, मूहान बन्द गराएको होइन। त्यसपछि किल्लाका सैनिकहरू पानी लिन जान पाएनन् र किल्लाभित्र पानीको हाहाकार मच्चियो।
उहाँले पानीको मूहानसँग स्थानीयवासीको सम्बन्धको कुरा पनि गर्नुभएको छ। तर, त्यसबेलाको नालापानीमा मानव बसोबास थिएन। त्यसैले स्थानीयवासीले सहयोग वा असहयोग गरे भन्ने कुरै आउँदैन। किल्लाबाट निकै टाढा मात्रै मानव बसोबास थियो।
अब प्रश्न उठ्छ, त्यसोभए कुमाउँका जनता गोर्खाली सेनाको पक्षमा थिए त? स्थानीय महिला र बालबालिका स्वस्फुर्त रुपमा गोर्खाली सेनाको पक्षमा अंग्रेज विरुद्ध लड्न गएका थिए त?
यो क्षेत्रका बासिन्दा गोर्खाली सेनाको पक्षमा भएको कुनै पनि संकेत भेटिँदैन। कुमाउँ यसअघि कहिल्यै पनि नेपालको अधिनमा थिएन। बहादुर शाहले कुमाउँ आक्रमण गरी नेपालमा गाभेको त्यति लामो समय नबित्दै नेपाल-अंग्रेज युद्ध भएको थियो। गढवाल लगायतका क्षेत्रहरू भिमसेन थापाकै प्रधानमन्त्रीकालमा नेपालमा गाभिएका हुन्। त्यहाँका जनताले केहीअघिसम्म मात्रै नेपाललाई शत्रु राष्ट्रको रूपमा चिनिरहेका थिए। अहिले त्यही मुलुकको सेनाको पक्षमा स्थानीय महिला बालबालिकाले युद्ध गरे भन्ने त कुरै आउँदैन। 'नालापानीमा महिला तथा बालबालिकाले पनि वीरतापूर्वक लडाईं गरे' भन्ने कुरा गलत छ।
गोर्खाली सेनाले उनीहरूलाई कर्णाली वारिबाटै भर्ती गरेर लगेको थियो र उनीहरू युद्धमा सहभागी भए भन्ने पनि देखिँदैन। अहिले त नेपाली सेनामा अत्यन्तै सानो संख्यामा महिलाहरू युद्धकार्यका लागि भर्ती गरिन्छ। धेरै त बन्दोबस्तीमा मात्रै भर्ती हुन्छन्। बन्दोबस्तीकै लागि भर्ती गर्न थालेको पनि धेरै भएको छैन। त्यसैबेला महिलाहरू गोर्खाली सेनाले भर्ती गर्यो वा कर्णाली वारिका महिला लड्नकै लागि नालापानी गए भन्ने हो भने यो पनि गलत हुन्छ। त्यसबेला सैनिक किल्लामा गएर महिलाले युद्ध लड्ने कुनै सम्भावना नै थिएन।
ती महिलाहरू करमा उठाइएका महिला थिए वा वादी महिला थिए? यी दुवै सम्भावनालाई प्रमाणित गर्नसक्ने दसी इतिहासमा अहिलेसम्म देखिँदैन।
त्यसबेला भर्ना भएका सरकारी कर्मचारी वा सैनिकले आफ्नो परिवार पनि आफूसँगै लिएर जाने प्रचलन थियो। त्यसैले, सबैभन्दा बलियो सम्भावना ती महिला सैनिक परिवारका महिला हुन् भन्ने नै हो।
अर्को एउटा घटनासँग तुलना गर्यौं भने यो कुरा पुष्टि हुन्छ। अंग्रेजसँग युद्ध भएका पाँच किल्लामध्ये कुमाउँभन्दा पश्चिममा देउथल किल्ला थियो। यहाँ गोर्खाली फौजको नेतृत्व भक्ति थापाले गरेका थिए। देउथल युद्धमा भक्ति थापाको मृत्यु भयो। मृत्यु भएको भोलिपल्ट नै उनको दाहसंस्कार गरियो। भक्ति थापाका दुवै पत्नी उनीसँगै सती गए भन्ने उल्लेख छ। यदि उनीहरू किल्ला मै नभएको भए त भोलिपल्टै सती जान सम्भव थिएन। यो प्रसंगले पनि उनीहरू सैनिक परिवारका महिला हुनसक्छन् भन्ने देखाउँछ।
तर, यो विषयमा थप अनुसन्धानको खाँचो छ।
अर्को प्रसंग बलभद्र कुँवर रणजित सिंहको सेनामा गए भन्ने छ। नालापानी किल्लाको पराजय र सुगौली सन्धिजस्तो अपमानजनक सन्धिपछि उनी पन्जाबी राजा रणजित सिंहको सेनामा गएको देखिन्छ। नालापानी युद्धमा पराजित भएपछि उनी काठमाडौं फर्किएका थिए। दुई वर्ष काठमाडौंमा बसेपछि उनी पन्जाब गएर सिंहको सेनामा भर्ती भए भन्ने पेम्बलको 'इन्भेजनअफ नेपाल', प्रिन्सेफको 'हिस्ट्री अफ पोलिटिकल एण्ड मिलिटरी ट्रान्जिसन' जस्ता किताबमा उनी पन्जाबी सेनामा भर्ती भएका थिए भनेर लेखिएको छ।
हामी कहाँ उनी पन्जाबी सेनामा भर्ती भएको कुरालाई हेर्ने दुई फरक दृष्टिकोण छन्। एक थरीले उनी विदेशी सेनामा भर्ती भए भनेर आलोचना गर्ने गरेका छन्। अर्काथरीले भने उनी अंग्रेज विरुद्ध लड्न पन्जाबी सेनामा भर्ती भए भन्ने गरेका छन्। नालापानीमा उनी अंग्रेज उपनिवेशवादसँग लडेका थिए। नेपालले अंग्रेजसँग सुगौलीसन्धि गरिसकेको थियो र अंग्रेजसँग फेरि युद्ध गर्ने सम्भावना थिएन। यतिबेला रणजित सिंह अंग्रेजविरुद्धको युद्धमा थिए।
जे भए पनि सन् १८१६ ताका उनी रणजित सिंहको सेनामा भर्ती भएको प्रमाणित नै छ।
त्यसैले नालापानी युद्धसँग जोडेर लेखेको नेपाली इतिहासमा प्रश्न उठाउने धेरै विषय छन्। ती विषयमा नयाँ अनुसन्धान र बहसको आवश्यकता छ, इतिहासको पुनर्व्याख्याको आवश्यकता छ। तर हामीले बैकल्पिक इतिहासका पाटाहरू केलाउदा सतर्क हुनु पनि त्यतिकै जरुरी छ। बिना तथ्य वा बिना बलियो तर्क बैकल्पिक इतिहास स्थापित हुन सक्दैन। नालापानीमा लडेका महिला वादी वा करमा उठाइएका थिए भन्ने विश्वासिलो तर्क वा प्रमाण अहिलेसम्म आएको छैन।
(मानन्धर इतिहासका प्राध्यापक हुन्।)

Post a Comment