Websoft University

www.radiomakalu.com || 021-522512


गोली प्रहारबाट घाइते बेलायती सांसदको मृत्यु




काठमाडौं ,असार ३ गते   । गोली प्रहारबाट घाइते भएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ ।

उत्तरी इगल्याण्डको चुनावी क्षेत्रमा एक मिटिङमा रहेकी उनीमाथि बन्धुकधारीले गोली तथा चाक्कु आक्रमण गरेका थिए । १९९० मा आइरिश रिपव्लिकको हमलामा इयन गोको मृत्य भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो ।

हमलाबरलाई गिरफ्तार गरिएको छ । र, उनको घरबाट हतियार बरामद गरिएको बीबीसीले जनाएको छ । छिमेकीका अनुसार ५२ वर्षे हमलाकारी अविबाहित थिए ।

प्रत्यक्षदर्शीका अनुसार एक पुस्तकालयमा मिटिङ जारी रहको थियो र बाहिर बसेका दुई जनाको झगडामा काक्सले हस्तक्षेप गरेकी थिइन् ।

त्यसलगत्तै हमलाबरले बन्दूक निकाले र फयरिङ गरे । गोली लागेर सडकमा लडेकी सांसदलाई उनले फेरी चक्कु प्रहार गरेका थिए ।

युरोपीय संघको जनमत संग्रहको प्रचार अभियान यस घटनासँगै स्थगित गरिएको छ ।--अनलाइनखबबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget