Websoft University

www.radiomakalu.com || 021-522512


‘धेरै भोकाउने बच्चा ठूलो भएपछि रिसाहा’


एजेन्सी- यदि तपाईंको बच्चालाई बढी भोक लाग्छ भने ठूलो भएपछि ‘इम्पल्स कन्ट्रोल प्रोब्लम’ नामक समस्या आउन सक्ने एक अध्ययनले देखाएको छ । यसको अर्थ रिस नियन्त्रण गर्न नसक्नु हो । बच्चा ठूलो भएपछि साना साना कुरामा पनि रिसाउने हुने बताइन्छ। अनुसन्धानमा जो मानिसहरु बाल्यकालमा बारम्बार भोक लाग्ने गरेको बताउथे, उनीहरुमध्ये ३७ प्रतिशतमा बानीमा निकै परिवर्तन आएको पाइएको थियो । उनीहरु निकै रिसाहा र रिस नियन्त्रण गर्न नसक्ने समस्या उनीहरुमा थियो । तर बारम्बार भोकको अनुभव नगरेका मानिसमा भने १५ प्रतिशतमा मात्र रिसाहा बानी थियो । यसअघि बच्चाको पढाई र खाने बानीका बारेमा कयौंपटक अनुसन्धान भएपनि खानेबानीका कारण व्यवहारमै परिवर्तन आएको तथ्य पत्ता लागेको भने यो पहिलोपटक हो । अनुसन्धान रिपोर्टमा सुझाव दिइएको छ, ‘बच्चालाई सन्तुलित आहारा दिएर हामी यो समस्याबाट बच्न सक्छौं र उनीहरुलाई स्ट्रङ बनाउन सक्छौं ।’ (जागरणबाट)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget