Websoft University

www.radiomakalu.com || 021-522512


उपप्रधानमन्त्री कमल थापाको गाडी मोह


पार्टी प्रवक्तादेखि विद्यार्थी नेतालाई राज्यको गाडी बाँड्दै


काठमाडौं । सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले ‘सुविधा’ शीर्षकमा अनधिकृत रुपमा राज्यस्रोतको अत्यधिक दोहन गरिरहेको भेटिएको छ ।

यदाकदा भ्रष्टाचारविरुद्ध अभियान चलाउने बताउँदै आएका उपप्रधानमन्त्री थापाले आफ्ना नेता-कार्यकर्तालाई गैरकानुनीरुपमा राज्यको स्रोत-साधन उपलब्ध गराएका छन् ।

मन्त्री थापाले आफ्नो सचिवालयका अतिरिक्त कार्यकर्तालाई समेत राज्यकोषबाट खरिद भएका गाडी र ड्राइभरदेखि विभिन्न थप सुविधा उपलब्ध गराएका हुन् ।

मन्त्री र सचिवालका नाममा मन्त्रालय र मन्त्रालय अन्र्तगतका विभिन्न विभागसँग गाडी मगाउने र कार्यकर्तालाई उपलब्ध गराउने काममा मन्त्री थापा रहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्री र उनको सचिवालयको सुविधाका लागि मन्त्रालयअन्र्तगत डोलिडारले मात्र ६ वटा गाडी र दुई मोटरसाइकल उपलब्ध गराएको छ । यसका अतिरिक्त ती सबै गाडीका लागि आवश्यक इन्धनसमेत डोलिडारले उपलब्ध गराइरहेको छ ।

कुनै पनि विभागले मन्त्रीलाई यस्तो सुविधा उपलब्ध गराउन पाउँदैन । यदि गराए राज्यस्रोतको दुरुपयोग मानी अख्तियारको छानविनको दायरामा आउँछ ।

नयाँ सरकार गठनदेखि नै स्थानीय विकास मन्त्रालयमा भने तीन मन्त्रीले राज्य स्रोतको अधीक दोहन गरिरहेका छन् ।
मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री र उनीहरुको सचिवालयका लागि मन्त्रालयले पनि ६ वटा गाडी र आवश्यक इन्धन उपलब्ध गराउँदै आएको सहसचिव धनबहादुर श्रेष्ठले बताए ।

कार्यकारी निर्देशकले चाकडी गरे: कर्मचारी

कानुन विपरीत डोलिडारका कार्यकारी निर्देशक रामकृष्ण सापकोटाले मन्त्रीको सुविधाका नाममा जथाभावी गाडी र इन्धन उपलब्ध गराउने गरेको डोलीडारका एक कर्मचारीले बताए ।

नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरसँग कुरा गर्दै उनले भने,’डिजीले कानुनले मिल्दैन भन्ने हो भने मन्त्रीको केही लाग्दैन, तर उहाँले डोलीडारमा बसिरहनकै लागि पनि यस्ता सुविधा उपलब्ध गराउँदै आउनु भएको छ ।’

सचिवालका नाममा विभागका गाडी

डोलिडारले विभागका योजना संयोजकहरुले चढ्ने गरेको गाडी थुतेर मन्त्रीको सचिवालयलाई उपलब्ध गराएको छ । यस्तै कार्यकारी निर्देशक आफैँले चढ्ने गरेको बा २ झ ७२५७ नम्बरको गाडी पनि मन्त्रीको सचिवालयको सुविधामा पठाएका छन् ।

यस्तै अन्य गाडीहरु बा २ झ ८५७९, बा २ झ ८४४२, बा २ झ ७१९६, बा २ झ ७२५७, बा २ झ ५२२६, बा २ झ ९४१५ रहेका छन् । र, बा २ प २६९४ नम्बरको मोटरसाइकल समेत लिएका छन् ।

प्रवक्तादेखि विद्यार्थी नेतासम्मलाई गाडी

मन्त्री थापाले पार्टी प्रवक्ता राजाराम श्रेष्ठदेखि राप्रपा नेपालनिकट विद्यार्थी संगठनका अध्यक्ष उज्ज्वल पोखरेललाई समेत सुविधाको गाडी, ड्राइभर र इन्धन उपलब्ध गराउँदै आएका छन् ।

विद्यार्थी संगठनका अध्यक्ष पोखरेलले बा २ झ ८४४२ नम्बरको गाडी चढिरहेका छन् ।

सानो इस्युलाई नउचाल्दिनुस्: पोखरेल

यसैवीच विद्यार्थी संगठनका अध्यक्ष पोखरेलले गाडी सुविधा लिएको स्वीकार गरेका छन् । अनलाइखबरसँग कुरा गर्दै पोखरेलले भने, ‘एउटा कामका लागि गाडी लिएको हुँ, डोलिडारमा पुरानो गाडी रहेछ, थन्किएको गाडीलाई मर्मत गरेर विद्यार्थी संगठनको भेटघाटमा प्रयोग गरेको हो ।’

तर, गाडी मर्मतका लागि सबै खर्च भने डोलिडारले नै व्यहोरेको थियो । उनी सरकारी सुविधाको गाडी लिएर विभिन्न २० जिल्ला भ्रमण सकेर भर्खरैमात्र काठमाडौं फर्किएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा पोखरेलले भने ‘सामान्य इस्युलाई ठूलो नबनाइदिनुहोला ।’   पुष्प ढुंगाना   अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget