Websoft University

www.radiomakalu.com || 021-522512


अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य


अस्ट्रेलियाको जिलोङ शहरमा यही जुन १० तारिख शुरु भएको चार दिने ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले स्वर्ण पदक जितेका छन् ।

बमले अस्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल जितेको याे तेस्रो पटक हो । यस अघि यो किसिमको सफलता उन्ले २०१४ र २०१५ मा पनि हासिल गरेका थिए । २००४ मा १३ बर्षको उमेरदेखि उनले जुडो खेल शुरु गरेका हुन् र नेपाल जुडो च्याम्पियनको उपाधी उनले २०१२ मा हात परेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।
मोहनले एडमन्ड युएनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो प्रतिस्पर्धा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । उक्त खेलमा रजत पदक बिजेताले र कास्य पदक बिजेताले क्रमश: ७७ र ७४ अंक बटुलेका थिए ।
mohan bombभिक्टोरियास्थित जिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा अर्का नेपाली खेलाडी खेम भण्डारी थापाले ६० केजी तौलसमूहमा कास्य पदक हासिल गरे । सोमबार सम्पन्न हुने यो खेलमा नेपालीहरुमा यी दुई जना मात्रै सहभागी भएका थिए ।
मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।
मोहन बम, एडमन्ड युएन र खेम भण्डारी थापाको सम्मानमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले चियापानको आयोजना गरी उनीहरुले प्राप्त गर्नु भएको सफलताको लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्तै किसिमका सफलता हासिल गर्नका लागि शुभ-कामना दिएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget