Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वकै ठूलो सुनसरीको बर्जुताल सेनालाई हस्तान्तरण

तस्विर - रेडियो मकालु १०२. १ 

कौशल निरौला ,

विराटनगर , असार ८ गते सुनसरी जिल्ला स्थित चिमडी गाविसमा रहेको बर्जुताल तथा सिमसारलाई मर्मत संभार, पुनःनिर्माण तथा विस्तार कार्यका लागी नेपाली सेनालाई जिम्मा दिएको छ ।

तस्विर - रेडियो मकालु १०२. १

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजना अन्तर्गत नेपाली सेनालाइ मर्मत संभार, पुनःनिर्माण तथा विस्तारका लागी जिम्मा दिएको हो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी न १ राष्ट्रिय विकास गणको नेपाली सेनालाई एकवर्षभित्र काम सक्ने गरी जिम्मा दिएको जानकारी गराएको हो । ३ करोड ६३ लाख रुपैयाको लागतमा निर्माण हुन लागीरहेको सिमसार र त्यसक्षेत्रमा रहेको ताल वरपरका भागमा जैविक विभिधता खलल नपुग्ने गरी पर्यटकिय गन्तव्यकारुपमा विकास गरिने जानकारी दिइयो ।

तस्विर - रेडियो मकालु १०२. १



पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव डा अन्नपूर्णा नन्द दासले बनक्षेत्रभन्दा टाढा र तराईको भागमा रहेको बर्जुताल र सिमसार नेपालकै सवैभन्दा ठूलो रहेको बताउनु भयो । १ सय ५२ बिगाहा क्षेत्रफलमा ताल र सिमसार रहेको छ । ताल र सिमसार क्षेत्र पाँचपाण्डवको बनवास संग जोडिएको पौराणीक मान्यता समेत रहेकाले यसको महत्व अझ वढी रहेको छ ।

यसै वीच बर्जुताल र सिमसारको राष्ट्रिय विकास तथा शुरक्षा महानिर्देसनालयका उपरथी हरी बहादुर बस्नेत , राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवलगायतको समूहले स्थलगत अवलोकन समेत गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget