Websoft University

www.radiomakalu.com || 021-522512


पोखरा विमानस्थललाई एक अर्बभन्दा बढी रकम प्रदान


काठमाडौं , जेष्ठ २४ गत्ते । सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रू. एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिँया पक्षबाट थप रू. २१ अर्ब प्राप्त हुन बाँकी छ ।
गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिँया आयात निर्यात बैङ्कले उपलब्ध गराएको रकम आइतबार अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए ।  गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो विमानस्थलको शिलान्यास गरेका थिए ।
गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।
सरकारले आइतबार उपलब्ध गराएको रकमको ब्याजदर पाँच प्रतिशत रहेको छ भने भुक्तानी अवधि २० वर्षको छ ।
अर्थ मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीबीच सम्झौता भएको जानकारी दिँदै सचिव राईले पोखरा विमानस्थल निर्माण प्रक्रियाले अब गति लिने विश्वास व्यक्त गरे ।  
लामो समयदेखि चर्चामा रहँदै आएको विमानस्थल निर्माणको प्रक्रिया पछिल्ला केही महीनादेखि मात्रै गति लिएको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चीनको आयात निर्यात बैङ्कले रू. २१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । चीनले उपलब्ध गराउने ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्ने छ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्ने छैन ।
पोखरा उपमहानगरपालिका १४ र १८ नं वडामा पर्ने तीन हजार ७ सय  रोपनी क्षेत्रफलमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुन लागेको हो । सरकारले विसं २०३१ र हालै गरी दुई चरणमा जमिन अधिग्रहण गरिसकेको छ । जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत सम्पन्न भएको छ । निर्माणका लागि चिनिँया ठेकेदार कम्पनी सिएमसीले ठेक्का पाएको छ । चिनिया प्राविधिकले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम शुरु गरिसकेका छन् ।
सो विमानस्थल पृथ्वी राजमार्गबाट एक दशमलव २ किमी मात्रै पर रहेको छ । धावनमार्गको लम्बाई दुई किमी ५ सय मिटर रहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको दाँजोमा ५ सय ५६ मिटर मात्रै छोटो रहेको छ ।
त्यस्तै, गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अगाडि बढिरहेको छ । विराटनगर र धनगढी विमानस्थलको समेत सुदृढीकरणको काम शुरु गरिएको सचिव राईले बताए ।  रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget