Websoft University

www.radiomakalu.com || 021-522512


चर्चित व्यक्तित्व जसलाई भयो हृदयाघात



विश्वमा पनि थुप्रै चर्चित तथा शीर्ष व्यक्तित्वको मृत्यु हृदयाघातबाट भएको छ । सर विन्स्टन चर्चिल, मदर टेरेसा, जवाहरलाल नेहरू, माओत्से तुङ, हुगो चाभेज, रिचार्ड निक्सन यस्ता चर्चित नाम हुन् ।
सन् २०११ को अप्रिल १२ मा इजिप्टका अपदस्थ राष्ट्रपति होस्नी मुबारक सुतिरहेको अवस्थामा घरको ओछ्यानबाटै पक्राउ परे । खासमा उनी मुटुको समस्याबाट पीडित भएर सुतिरहेका थिए । सन् १९९१ मा रुसका पहिलो राष्ट्रपति भएका बोरिस येल्त्सिनलाई सन् १९९६ को चुनावअघि हृदयाघात भयो । तर, उनले आफ्नो स्वास्थ्य समस्याबारे लामो समयसम्म जनतालाई थाहा दिएनन् । दोस्रो कार्यकालभरि नै उनी गम्भीर बिरामी थिए । सन् १९९८ र १९९९ मा मात्रै उनले चार प्रधानमन्त्री फेरे । तर, २३ अप्रिल २००७ मा ७६ वर्षको उमेरमा उनको हृदयाघातकै कारण निधन भयो ।

दोस्रो विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री रहेका सर विन्स्टन चर्चिललाई डिसेम्बर १९४१ मा हृदयाघात भयो । हृदयाघात हुँदा उनी अमेरिका भ्रमणमा थिए । त्यसको दुई वर्षपछि डिसेम्बर १९४३ मा उनलाई निमोनिया भयो । आफ्नो खराब स्वास्थ्यका बाबजूद विश्वयुद्धताका उनले अन्य देशका नेतालाई भेट्न १ लाख ६० हजार किलोमिटरको यात्रा तय गरे ।

त्यस्तै, अमेरिकी पूर्व राष्ट्रपति आइजनहोवरलाई पदमा बहाल रहेकै बेला १९५५ मा हृदयाघात भयो । दोस्रोपटक सन् १९५७ को नोभेम्बरमा ओभल अफिसमा काम गरिरहेका बेला उनलाई हृदयाघात भयो । अर्को वर्ष उनले आफ्नो असमर्थतामा राष्ट्रपतिको समेत काम गर्ने अधिकार उपराष्ट्रपति रिचार्ड निक्सनलाई दिए । तर, सन् १९६९ को मार्च २८ मा आइजनहोवरको मृत्यु तेस्रोपटकको हृदयाघातबाट भयो ।

अर्का अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई पनि सन् २००४ मा माइनर हृदयाघात भयो । त्यतिखेर उनको मुटुको बाइपास शल्यक्रिया भएको थियो । सन् २०१० को फेब्रु्अरीमा भने छाती दुख्नासाथ अस्पताल भर्ना भएकाले उनले हृदयाघातलाई सजिलै टारे ।- स्वास्थ्य खबरपत्रिकाबाट
सिएननका चर्चित प्रस्तोता ल्यारी किङको पनि सन् १९८७ मा बाइपास सर्जरी भएको थियो । त्यसपछि उनको मुटुमा कुनै समस्या आएन । अमेरिकाका पूर्व उपराष्ट्रपति डिक चेनी पनि सन् १९७८ मा ३७ वर्षकै उमेरमा हृदयाघातको शिकार भएका थिए । उनको मुटुको थुप्रै शल्यक्रिया गर्नुप¥यो । त्यसपछि उनले धूमपान छाडे । उनी स्वास्थ्यका हिसाबले उपराष्ट्रपतिका लागि उपयुक्त नभएको भनेर प्रश्न पनि उठाइए ।

विश्वचर्चित समाजसेवी मदर टेरेसाको मृत्यु सन् १९९७ मा हृदयाघातकै कारण भयो । त्यसअघि सन् १९८३ मा पहिलोपटक र दोस्रोपटक सन् १९८९ मा पनि उनी हृदयाघातको शिकार भएकी थिइन् । सन् १९८९ मै उनमा पेसमेकर राखिएको थियो । यस्तै, भेनेजुयलाका राष्ट्रपति हुगो चाभेज तथा पूर्व अमेरिकी राष्ट्रपति वारेन हर्डिङको पनि हृदयाघातकै कारण मृत्यु भएको थियो ।

अर्का अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनको मृत्यु पनि यही कारण भएको थियो । सन् १९७२ को जनवरी २२ मा उनलाई पहिलोपटक हृदयाघात भयो । त्यसको आठ वर्षपछि सन् १९६५ मा उनी गल ब्लाडरको समस्याबाट पीडित भए । सन् १९६६ मा उनको हर्नियाको उपचार भयो । ‘अमेरिकी राष्ट्रपतिको रोग’ नामक पुस्तकमा जोन्सन चेन स्मोकर रहेको र राष्ट्रपति बन्नुअगावै दुईपटक हृदयाघातको शिकार भएको उल्लेख छ ।

बाराक ओबामासम्म आइपुग्दा चुरोट खाने अन्तिम अमेरिकी राष्ट्रपति नै जोन्सन थिए । रिचार्ड निक्सन र जेराल्ड फोर्ड पाइप खान्थे भने रोनाल्ड रेगन र जर्ज डब्लु बुस धूमपान नै गर्दैनथे । जिम्मी कार्टर, विल क्लिन्टन र जर्ज डब्लु बुस भने कहिलेकाही मात्रै सिगार पिउँछन् । यस्तै, अमेरिकी पूर्व राष्ट्रपतिहरू जोन आडम्स, जाकारी टेलर, विलियम टाफ्ट, रुदरफोर्ड हेयस र काल्भिन कुलिज पनि मुटुको समस्याबाट पीडित थिए ।

भारतका पाँचौं राष्ट्रपति फखरुद्दिन अलि अहमद (१९७४ देखि १९७७ सम्म) को मृत्यु पनि हृदयाघातकै कारण भयो । मलेसियाको औपचारिक भ्रमणबाट फर्किएलगत्तै सन् १९९७, फेब्रुअरी ११ का दिन उनको मृत्यु भयो । यस्तै, भारतकै दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्यु पाकिस्तानी राष्ट्रपति अयुव खाँनसंग ऐतिहासिक युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि अर्थात् सन् १९६६ जनवरी १० मा तत्कालीन सोभियत संघको तासकन्दमा हृदयाघातकै कारण भयो ।

यस्तै, साउदी अरेबियाका राजा खालिद र तुर्कमेनिस्तानका राष्ट्रपति सापारमुरत नियाजोभको मृत्यु पनि हृदयाघातका कारण भयो । सन् १९७४ मा पूर्व पाकिस्तानी राष्ट्रपति अयुब खानको मृत्यु पनि हृदयाघातकै कारण भयो । सन् १९६८ को सुुरुमा बिरामी हुँदा उनलाई हृदयाघात र प्यारालाइज्ड नै भएको हल्ला फैलिएको थियो । तर, जब उनी निको हुन थाले, सोही वर्षको नोभेम्बरमा पेशावरमा उनीमाथि गोेली प्रहार गरी हत्या प्रयास भयो । सन् १९६४ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र सन् १९७६ मा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङको मृत्यु पनि हृदयाघातकै कारण भयो ।
बहराइनका राजा शेख इसा बिन सल्मान अल खलिफालाई पनि सन् १९९९ को मार्च ६ मा दरबारमै हृदयाघात भयो । यस्तै, नाइजेरियाका शासक जनरल सानि अवाचाको पनि मुटुको समस्याका कारण सन् १९९८ को जुनमा मृत्यु भयो । सन् २००६ को जनवरीमा युएईका उपराष्ट्रपति शेख मक्तुम विन रसद अल–मक्तुमको पनि हृदयाघातका कारण मृत्यु भयो, त्यतिखेर उनी अस्ट्रेलियाको क्विन्सल्यान्ड गोल्ड कोस्टमा घुमिरहेका थिए । सन् २००९ को जुनमा अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति ओमार बोंगो पनि हृदयाघातकै कारण मरे । ४२ वर्ष सत्तामा रहेका उनी अफ्रिकाकै सबैभन्दा लामो समय शासन गर्ने नेता मानिन्छन् ।

यस्तै, लन्डन भ्रमणमा रहेका बेला क्यानडाका पूर्व प्रधानमन्त्री सर जोन स्प्यारो डेभिड थोम्सनको सन् १८९४ मा निधन भयो । प्रख्यात पाकिस्तानी क्रिकेटर वसिम हसन राजाको सन् २००६ अगष्ट २३ मा बेलायतमा हृदयाघातबाट निधन भयो । चर्चित क्रिकेट कमेन्टेटर एवं बेलायतका पूर्व क्याप्टेन टोनी ग्रेगलाई पनि सन् २०१२ को डिसेम्बरमा सिड्नीमा हृदयाघात भयो । सन् २०१३ को नोभेम्बरमा भारतीय टेस्ट खेलाडी विनोद काम्बलीलाई पनि मुम्बईमा हृदयाघात भएको थियो । तर, पछि उनलाई निको भयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget