काठमाडौं , असार ९ गते । भारतका बुद्धिजिवी एवं लेखक डा. नरेन्द्र दाभोलकरको हत्यामा संलग्न दुई जना नेपालमा लुकेर बसेका केन्द्रीय अनुसन्धान ब्यूरोले दाबी गरेको छ । दाभोलकरको सन् २०१३ मा हत्या भएको थियो ।

डा. नरेन्द्र दाभोलकर
अभियुक्त सरांग एकोलकार र उनका सहयोगीको लोकेसन नेपालमा ट्राक भएको भारतीय अधिकारीहरुले दाबी गरेका छन् ।
भारतको सीआईबीले हालै मात्र डा. वीरेन्द्र ताब्डेलाई पक्राउ गरेको छ । उनीमाथि दाभोलकरको हत्यारालाई सैन्य सहायता उपलब्ध गराएको र एकोलकारसँग सम्पर्कमा रहेको अभियोग छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरुले डा. ताब्डेकी पत्नी निधिसँग पनि सोधपुछ परेको द हिन्दुले जनाएको छ ।-अनलाइनखबरबाट
Post a Comment