Websoft University

www.radiomakalu.com || 021-522512


गुजरात दंगामा अदालतद्वारा २४ जना दोषी ठहर

गुजरात जेष्ठ २१ गते । भारतीय विशेष अदालतले सन् २००२ मा गुजरातमा भएको हिन्दु–मुस्लिम दंगामा संलग्न भएको आरोपमा २४ जनालाई दोषी ठहर गरेको छ ।



विशेष गरेर गुजरातको राजधानी अहमदावादको गुलबार्ग सोसाइटीमा ६९ जना मुसलमान समुदायका मानिसहरुलाई जलाएर मारिएको घटनामा संलग्न अन्य ३६ जनालाई भने सफाइ दिएको छ ।


भारतको स्वतन्त्रतापछि एक हजार बढीको ज्यान जाने गरी भएको त्यो नै सबैभन्दा ठूलो साम्प्रदायीक हिंसा थियो । हिन्दु तिर्थयात्री चढेको रेलमा आगलागी हुँदा ६० जनाको मृत्यु भएपछि स्राम्प्रदायीक हिंसा भड्किएको थियो । रेलमा मुस्लिम समुदायका मानिसहरुले आगो लगाएको हिन्दुहरुको आरोप थियो ।


तीन दिनसम्म चलेको उक्त नरसंहारको समयमा हालका भारतीय प्राधनमन्त्री नरेन्द्र मोदी त्यहाँका मुख्यमन्त्री थिए ।


मोदीलाई हालसम्म पनि उक्त हिंसात्मक घटना रोक्नका लागि यथोचित कदम नचालेको आरोप लाग्ने गरेको छ । यद्दपी प्रधानमन्त्री मोदीले आफूले केही नराम्रो नगरेको बताउँदै आएका छन् भने सन् २०१३ मा भारतको सर्वोच्च अदालतले समेत उनी विरुद्ध कुनै प्रमाण नभएको भनेर सफाई दिइसकेको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget