Websoft University

www.radiomakalu.com || 021-522512


सबै डाक्टरको छानबिन गर्छौं’

काठमाडौँ, असार १२ गते। केन्द्रीय अनुसन्धान ब्युरो अहिले नक्कली डाक्टरलाई नियन्त्रण गर्न सक्रिय भएर लागि परेकाे छ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा ५४ जनालाई नियन्त्रणमा लिइसकेकाे छ भने ८० जनाकाे खाेजी गरिरहेकाे छ । साेही सन्दर्भमा रहेर केपी ढुंगानाले डीआईजी नवराज सिलवालसँग गरेकाे कुराकानी :




चिकित्सकहरू पक्राउपछि चिकित्सक संघ र तपाईंहरूबीच जुहारी चलिरहेको छ नि ?
खै उहाँहरूले किन आपत्ति जनाइरहनुभएको हो, हामीले बुझ्न सकेका छैनौं । योग्य चिकित्सकमाथि हामीले केही गरेका छैनौं । योग्यता नभएका व्यक्तिले म योग्य छु भनेर जनस्वास्थ्यमाथि गरेको खेलवाड रोक्ने हाम्रो प्रयास हो । योग्यता नभएका चिकित्सक पेसाबाट हटदा त उहाँहरू खुसी हुनुपर्ने हो । किन रिसाइरहनुभएको छ बुझ्न सकिएन । पहिला प्रहरीले अपहरण गर्‍यो भन्नुभयो अहिले दुव्र्यवहार भन्न थाल्नुभएको छ । सायद उहाँहरूको कुनै बाध्यता होला ।

पक्राउ गर्दा दुर्व्यवहार गरेपछि विरोध हुन्न र ?
निराधार आरोप हो यो । सम्मानपूवर्क सबैलाई नियन्त्रणमा लिएका हौं । कसैलाई हत्कडीसमेत लगाएका छैनौं । अधिकांश आफ्नै गाडीमा प्रहरी कार्यालय आएका छन् । तर, पक्राउ गर्न गएका प्रहरीले आफ्नो परिचयपत्रसहित परिचय दिँदा जबरजस्ती गर्नेलाई नियन्त्रणमा लिएर ल्याएका छन् । यसलाई दुर्व्यवहार भन्न मिल्दैन ।

अदालतमै नपुर्‍याई नक्कली भनेर घोषणा गर्न मिल्छ त ?
हामीले नक्कली चिकित्सक होइन, चिकित्सकको नक्कली शैक्षिक प्रमाण पत्र भनेका छौं । सीआईबीले पक्राउपछि अनुसन्धान होइन अनुसन्धानपछि पक्राउ गर्छ । जति चिकित्सक पक्राउ परेका छन्, उनीहरूको शैक्षिक प्रमाणपत्रको आधिकारिताको परीक्षणमा नक्कली पुष्टि भएपछि नै पक्राउ गरेका हौं । प्रमाण र पक्राउ परेकाहरूको दाबी हेरेर सक्कली नै हुन् या नक्कली, त्यो अदालतले ठहर्‍याउने विषय हो ।

आईएस्सीको प्रमाणपत्र मात्रै छानबिन भएको छ एमबीबीएस र एमडीको हुन्न ?
प्रारम्भिक अनुसन्धान आईएस्सीको प्रमाणपत्रबाट छानबिन सुरु गरेका हौं । नक्कली शैक्षिक प्रमाण पत्र देखिएकाहरूको हकमा एमबीबीएस र एमडीको प्रमाणपत्रको समेत छानबिन भइरहेको छ ।

सबै चिकित्सकको नक्कली प्रमाणपत्रको अनुसन्धान हुन्छ ?
नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रूपमा काम गर्न अनुमति लिएका सबैको शैक्षिक प्रमाणपत्रको अनुसन्धान हुन्छ ।

नक्कली देखिएकालाई कारबाही नगरी काउन्सिलको नम्बर खारेज गरे हुन्न ?
कसैले झुक्याएर काउन्सिलबाट अनुमति लिए पनि चिकित्सकीय अभ्यास गरेको छैन भने ऊ आफैंले निवेदन दिएर खारेज गराए सम्भव छ । तर झुक्याएर अनुमति लिई चिकित्सकको रूपमा काम गरेकाहरूको हकमा यो सम्भव छैन । गलत काम गर्ने सबै अनुसन्धानको दायरामा आउँछन् ।

कान्तिपुर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget