Websoft University

www.radiomakalu.com || 021-522512


चिली कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाडौं , असार १ गते  । भार्गासको प्रेरणामा साविकको विजेता चिली कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा पानमामाथि ४-२ को जित हात पार्दै चिली अन्तिम आठमा पुगेको हो । उसका लागि भार्गासले दुई गोल गरे भने अर्का एक गोलका लागि पास दिएका थिए ।

अमेरिकाको पेल्सलभेनियामा भएको खेलमा पानामाले पाँचौ मिनेटमा नै कामार्गोको गोलबाट अग्रता लिएको थियो । तर, यसलाई धेरैबेर जोगाउन सकेन ।
१५ औं मिनेटमा भार्गासले गोल गरे । ४३ औं मिनेट उनैले दोस्रो गोल गरेपछि पहिलो हाफमा चिली २-१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ५० औं मिनेटमा चिलीका एलेक्स सान्चेजले गोल गरे । उनले भार्गासको पासमा गोल गरेका हुन् । ७५ औं मिनेटमा पानामाका लागि अरोयोले गोल गर्दै खेललाई ३-२ मा पुर्‍याए । तर, अन्तिममा अर्को गोल खान पुग्यो ।
खेल सकिन एक मिनेट मात्र बाँकी छँदा सान्चेजले दोस्रो गोल गरेपछि चिली ४-२ गोल अन्तरले विजयी भएको छ ।
जितपछि चिलीको ७ अंक भएको छ र समूहको शीर्ष स्थानमा छ । तर, ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बोलिभियासँग खेलेपछि मात्र समूह विजेता उपविजेताको टुंगो लाग्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget